वडाध्यक्ष जितेमा तलब भत्ता वडाकै विकासमा खर्चने घाेषणा

समाधान संवाददाता २०७९ वैशाख १० गते १६:११

स्याङ्जा ।

स्याङ्जाकाे पुतलीबजार नगरपालिका वडा नम्बर ३ काे वडाअध्यक्षका लागि नेपाली काँग्रेसबाट उमेद्वार सिफारिस भएका राजेन्द्रप्रसाद श्रेष्ठले आफू विजयी भएमा वडाअध्यक्षले पारिश्रमिक वापत पाउने तलब भत्ताकाे सबै रकम वडाकै विकास निर्माणमा खर्चने बताएका छन् ।

लामाे समय शिक्षण पेसामा संलग्न श्रेष्ठलाई नेपाली कांग्रेस पुतली बजार नगर समितिले वडा नम्बर ३ काे अध्यक्षमा उमेद्वार बनाउन सिफारिस गरेकाे छ । निम्न माध्यमिक तहमा विज्ञान विषयका शिक्षक श्रेष्ठ २५ वर्ष सेवा अवधि पुरा गरेर सेवा निवृत्त भएका हुन् ।

Advertisement

शिक्षण सेवाका साथै खाद्यान्न पसल समेत चलाएका श्रेष्ठ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएर काम गरिसकेका छन् । उनले विभिन्न संस्थामा रहेर काम गरिसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया