अभियान युवा क्लबद्वारा भित्तेपात्रो बिमोचन

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ५ मा अवस्थित अभियान युवा क्लबले २०७९ सालको क्यालेडर विमोचन गरेको छ । पोखरा ५ जिरो किमीमा रहेको क्लब सचिवालयमा शनिबार क्याले विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
प्रहरी निरिक्षक लालबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरिक्षक होतबहादुर रोकाहा, ट्राफिक प्रहरी बिट प्रस्याङका प्रमुख उज्वल चिलवाल, अभियान युवा क्लबका अध्यक्ष राजु गिरी, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका सुर्यबहादुर केसी, अभियान महिला समूहकी अध्यक्ष लक्ष्मी शर्मा, अभियान महिला समूहकी पूर्व अध्यक्ष शर्मिला केसी, अभियान युवा क्लब का पूर्व अध्यक्ष मोहनबहादुर केसीलगाएतले संयुक्तरुपमा बिमोचन गरेका हुन् । नववर्ष २०७९ सालको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको छ ।
साथै क्लबका कार्यलाई अतुलनिय योगदान गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरिक्षक होत बहादुर रोकाहा र अभियान महिला समूहकी पूर्व अध्यक्ष शर्मिला केसीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य क्लबका सदस्य राजेन्द्र खत्रीले राखेका थिए । क्लब अध्यक्ष राजु गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लब सहसचिव जिबन आचार्यले गरेका थिए ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया