गोरखामा भट्टराईको पार्टीलाई मिलेन भाग

गोरखा ।
जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा उनको पार्टीलाई गठबन्धनका अरु दलले स्थानीय तहको उम्मेदवारीमा भाग नदिने भएका छन् । जसपाले गोरखाका २ पालिका प्रमुख आफ्नो पार्टीलाई दिनुपर्ने माग गरेको थियो । तर गठबन्धनका दलहरु कांग्रेस, माओवादी, नेकपा एससहितको बैठकमा शनिबार बिहान त्यसबारे सहमति जुट्न सकेको थिएन ।
सहमति जुट्न नसकेपछि ४ दलीय संयन्त्रको बैठक भाँडिएको थियो । लगत्तै कांग्रेस र माओवादीले मात्रै पालिकाहरुमा भागबन्डा गर्ने निर्णय गरेका छन् । दुई दलका नेताले ११ मध्ये कांग्रेसले ७ पालिका र माओवादी केन्द्रले ४ पालिकाको प्रमुख लिने गरी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
कांग्रेसले गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, अजिरकोट गाउँपालिका र सिरानचोक गाउँपालिकामा अध्यक्ष लिने सहमति भएको छ । माओवादी केन्द्रले पालुङटार नगरपालिका, चुमनुब्री गाउँपालिका र यसअघि जितेको बारपाक सुलिकोट गाउँपालिका र शहीदलखन गाउँपालिका लिने निर्णय भएको छ ।
वडाको हकमा पनि यसअघि जितेको वडा यथावत लिने र बाँकी बाँडफाँड गर्ने सहमति दुईदलका नेताहरुबीच भएको छ । यसअघि गठबन्धन दल जनता समाजवादी र एकीकृत समाजवादीसहितको बैठकमा दलहरु सिट बाँडफाँडमा सहमति जुट्न सकेको थिएन । जसपाले एउटा नगरपालिकासहित दुईवटा पालिका दावी गरेपछि बैठक भाँडिएको थियो ।
भागवण्डा टुंगो लगाउन शनिबार बिहान बसेको बैठकमा दलहरूबीच सहमति नजुटेपछि मित्रवत् प्रतिस्पर्धा गर्ने गरी बैठक सकिएको थियो । बाबुराम भट्टराईको पार्टी जसपाले दुईवटा पालिकाको प्रमुख मागेको थियो । गोरखामा दुईवटा नगरपालिकासहित ११ वटा पालिका छन् ।








बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया