एमालेबाट पाेखराको मेयर उम्मेदवार दीपक पौडेल

समाधान संवाददाता २०७९ वैशाख १० गते २१:११

पोखरा ।

नेकपा एमालेले पोखराको मेयर उम्मेदवार दीपक पाैडेललाई बनाउने भएको छ । उपमेयरमा मञ्जुदेवी गुरुङलाई उठाउने भएको छ । पौडेल पूर्व शिक्षक हुन् । मञ्जु अहिले नै उपमेयर छिन् । मञ्जु पार्टी केन्द्रीय सदस्य हुन् भने पौडेल प्रदेश कमिटी सदस्य छन् ।

नेकपा एमालेको शनिबार बसेको केन्द्रीय कमिटीको सचिवालय बैठकले देशभरका ६ महानगरपालिकाका मेयर उपमेयरका उम्मेदवार टुंगो लगाएको हाे । उक्त जानकारी पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले दिएका हुन् ।

Advertisement

एमालेले काठमाडौंमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया