राजनिति
घरपझोङ,वारागुङ र लोमान्थाङमा कांग्रेसको उम्मेदवार फाईनल
लोघेकर दामोदरकुण्ड गाउँपालिकामा देव लोहा अध्यक्ष पदमा उम्मेदवार बन्ने

स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा नेपाली कांग्रेसले उम्मेदवार छनौट अन्तिम चरणमा पुर्याएको छ ।मुस्ताङमा कांगे्रसले घरपझोङ,वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङमा आफ्नो उम्मेदवार टुङगो लगाएको छ भने थासाङ र लोघेकर दामोदरकुण्ड गापाको उम्मेदवारको विवरण अझै प्राप्त हुन नसकेको जनाईएको छ ।
नेपाली कांगे्रसले लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा लोमान्थाङ—१ छोसेरका टसी गुरुङ र उपाध्यक्षमा लोमान्थाङ—४ चुमजुङकी छिरिङ ढोका गुरुङलाई उम्मेदवार बनाउँने भएको छ ।कांगे्रसले लोमान्थाङ—१ मा पेमा आङ्ग्या गुरुङ, २ मा ङहाव खेटु गुरुङ,३ मा आङ्ग्या गुरुङ र ४ मा नम्डु गुरुङलाई वडाध्यक्ष उम्मेदवार बनाउँने भएको छ । लोमान्थाङ—५ को वडाध्यक्षमा एकिकृत समाजवादीबनट ढुक्के गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको कांगे्रस जिल्ला सचिव विकल शेरचनले जानकारी दिए ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष पदमा वारागुङ—४ का आङ्जेन गुरुङ र उपाध्यक्ष पदमा वारागुङ—१ झारकोटकी धेतेन आङ्मो गुरुङलाई निर्वाचनमा उम्मेदवार बनाउँने तय गरेको छ ।कांग्रेसबाट वारागुङ—१ मा छेवाङ नर्वु गुरुङ,२ मा नरु गुरुङ, ४ मा कर्मा घ्याचो गुरुङ र वडा —५ मा राजु गुरुङ वडाध्यक्ष पदमा उम्मेदवार बन्दैछन् । यहाँको वडा—५ को अझै टुङ्गो लाग्न सकेको छैन ।
मुस्ताङ सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा घरपझोङ—२ मार्फाका मोहनसिंह लालचन र उपाध्यक्ष पदमा घरपझोङ—५ ठिनीकी जमुना थकाली उपाध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन् । उपाध्यक्षकी उम्मेदवार हालै एमाले परित्याग गरी कांग्रेस प्रबेश गरेकी थिईन् ।घरपझोङ —१ मा आसबहादुर थकाली ,२ मा मानबहादुर हिराचन,३ मा सुरेन्द्र थकाली ,४ मा यामप्रसाद थकाली र वडा—५ मा संजय थकालीलाई वडाध्यक्ष पदमा उम्मेदवार बनाउने तयारी गरेको जिल्ला सचिव शेरचनले जानकारी दिए ।
मुस्ताङमा ५ दलीय गठबन्धनबाट एकिकृत समाजवादी पार्टीले उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा देव लोहालाई अध्यक्ष पदमा उम्मेदवार बनाउने निश्चित भएको छ ।यहाँका अन्य वडाहरुमा वडाध्यक्ष पदमा उम्मेदवारको तय भईनसकेको कांग्रेस पालिका कमिटी अध्यक्ष टसी लेन्डुप गुरुङले जानकारी दिए ।
कांग्रेस सहितको गठबन्धनबाट घरपझोङ—१ मा माओवादी केन्द्र र एकिकृत समाजवादीले १—१ जना वडा सदस्य पाएका छन् ।मुस्ताङमा ५ दलीय गठबन्धन दलबीचको मतभारका आधारमा कांग्रेसले माओवादी केन्द्र र एकिकृत समाजवादीलाई आशिंक मात्र मात्र उम्मेदवारको कोटा दिईएको हो ।








बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया