राप्रपा नेपालबाट गुरुङ र दवाडी

समाधान संवाददाता २०७९ वैशाख ११ गते १०:२७

पोखरा l
राप्रपा नेपाल कास्कीले पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार चयन गरेको छ । राप्रपा नेपाल कास्कीको शनिबार बसेको बैठकले मेयरमा गोबिन्द गुरुङ र उपमेयरमा चिना दवाडीलाई उठाउने निर्णय गरेको हो ।
पोखरा १५ निवासी गुरुङ राष्ट्रिय युवा मोर्चा कास्की अध्यक्ष हुन् ।

Advertisement

पोखरा ६ निवासी दवाडी राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्की अध्यक्ष हुन् । राप्रपा नेपाल कास्कीको शनिबार बसेको चुनाव केन्द्रित बैठकले सर्वसम्मत उम्मेदवार चयन गरेको राप्रपा नेपाल कास्की जिल्ला सचिव सूर्य बास्तोलाले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया