पोखरा ३३ मा एमालेको चुनावी कार्यालय

समाधान संवाददाता २०७९ वैशाख ११ गते १०:५६

पोखरा l
एमाले पोखरा महानगर कमिटी वडा नं. ३३ को निर्वाचन परिचालन कमिटि कार्यालय शनिबार उद्घाटन गरिएको छ । कार्यालयको एमाले कास्की सचिवालय सदस्य तथा सो वडाका इन्चार्ज शिवप्रसाद आचार्यले उद्घाटन गरे ।

आचार्यले एमालेको पकड मानिएको वडा न ३३ को विरासत जोगाउँदै आगामी निर्वाचनमा आफ्ना उम्मेदवार विजयी गराउन आग्रह गरे । जिल्ला कमिटी सदस्य तथा सो वडाका सहइन्चार्ज किसान सुनारले स्थानीय तहको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न योजनाका साथ लाग्न आग्रह गरे । उनले एमालेको जनलहर देखेर प्रतिस्पर्धी दलहरु अत्तालिएको उल्लेख गरे ।

कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रीय लेखा आयोग उपाध्यक्ष रामजीप्रसाद लम्साल, एमाले महानगर कमिटी सदस्य गोपाल पुन, एमाले वडा कमिटी उपसचिव रमेशराज आचार्य, एमाले पोखरा ३३ अध्यक्ष दीपक लामिछाने, उपाध्यक्ष महेश अर्याल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया