पोखरा ३३ मा एमालेको चुनावी कार्यालय
समाधान संवाददाता
२०७९ वैशाख ११ गते १०:५६

पोखरा l
एमाले पोखरा महानगर कमिटी वडा नं. ३३ को निर्वाचन परिचालन कमिटि कार्यालय शनिबार उद्घाटन गरिएको छ । कार्यालयको एमाले कास्की सचिवालय सदस्य तथा सो वडाका इन्चार्ज शिवप्रसाद आचार्यले उद्घाटन गरे ।
आचार्यले एमालेको पकड मानिएको वडा न ३३ को विरासत जोगाउँदै आगामी निर्वाचनमा आफ्ना उम्मेदवार विजयी गराउन आग्रह गरे । जिल्ला कमिटी सदस्य तथा सो वडाका सहइन्चार्ज किसान सुनारले स्थानीय तहको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न योजनाका साथ लाग्न आग्रह गरे । उनले एमालेको जनलहर देखेर प्रतिस्पर्धी दलहरु अत्तालिएको उल्लेख गरे ।
कार्यक्रममा प्रेस चौतारी नेपाल केन्द्रीय लेखा आयोग उपाध्यक्ष रामजीप्रसाद लम्साल, एमाले महानगर कमिटी सदस्य गोपाल पुन, एमाले वडा कमिटी उपसचिव रमेशराज आचार्य, एमाले पोखरा ३३ अध्यक्ष दीपक लामिछाने, उपाध्यक्ष महेश अर्याल लगायतले बोलेका थिए ।
सम्बन्धित







इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया