मञ्जुदेवी गुरुङले गरिन् उम्मेदवारी अस्वीकार

पोखरा ।
मञ्जुदेवी गुरुङले स्थानीय चुनावमा उम्मेदवारी अस्विकार गरेकी छन् । नेकपा एमालेको केन्द्रीय कमिटीले शनिबार पोखरा महानगरमा मेयर दीपक पोडेल र उपमेयर गुरुङलाई बनाउने निर्णय गरेको थियो ।
केन्द्रीय निर्णयलाई उनले अस्विकार गरेकी छन् । आफूलाई उम्मेदवारी बनाउने विषयमा खबर नगरी टिकट दिएको उनको भनाइ छ । गुरुङले आफूले उपमेयरको लागि समेत दाबी नगरेको बताएकी हुन् । मेयरका उम्मेदवारी पौडेल गण्डकी प्रदेश सचिवालयका सदस्य हुन् भने गुरुङ एमाले केन्द्रीय सदस्य हुन् ।
पोखरा नगर कमिटीले मेयरमा १२ र उपमेयमार ११ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो । मेयरका लागि केन्द्रीय सदस्यहरु भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी थिए ।
उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, जीवनप्रसाद आचार्य, बिनुकुमारी गुरुङ, बलराम गायक र सुष्मा पौडेलको नाम सिफारिश भएको थियो ।








ढोरपाटनमा फस्टायो घोडचढी
दूरसञ्चार बिना विकास असम्भवः मन्त्री थापा
सिंजालीलाई केशर पुरस्कार
८ देशका नागरिक अमेरिका यात्रामा प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया