पोखरा पिस क्लबमा प्रताप
पोखरा l
पोखरा पिस क्लब पोखराको नवौं साधारण सभा तथा छैटौं अधिवेशनले प्रताप आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । क्लबको उपाध्यक्षमा सावित्री अधिकारी, सचिवमा सन्तोष बराल, कोषाध्यक्षमा राजेन्द्र बराल र सहसचिवमा विमला अधिकारी छन् ।
सदस्यमा विकास बराल, गणेश कुँवर, अस्मिता अधिकारी, पारस शर्मा, अन्जिल बराल, विष्णु सुवेदी र विकल बराल छन् । क्लबका संस्थापक अध्यक्ष राजेन्द्र अधिकारीको संयोजकत्वमा भोजराज बराल र लक्ष्मण बरालको निर्वाचन मण्डलले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
सभामा सचिव प्रताप आचार्यले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र बराल, पोखरा पिस क्लबका संस्थापक अध्यक्ष राजेन्द्र अधिकारी, मासबार आमा समूहका संस्थापक अध्यक्ष कमलादेवी बराल, पोखरा पिस क्लबका अध्यक्ष सुजन बराल, पोखरा पिस क्लबका सल्लाहकार डा.उमानाथ बराल, क्लबका पूर्व अध्यक्षद्वय भोजराज बराल र दामोदर बराल, क्लबका संस्थापक सदस्य लक्ष्मण बराल, नेकपा एमाले पोखरा ७ वडा कमिटी अध्यक्ष किशोर बराल, नेपाली कांग्रेस पोखरा वडा नं. ७ का सभापति नवीन बराल, मासबार आमा समूहका अध्यक्ष टीका अधिकारी, नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बराल र अभियान युवा क्लबका अध्यक्ष राजु गिरी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया