पुम्दीकोट महायज्ञमा उल्लेख्य दर्शक

पोखरा l
पर्यटकीय स्थल पोखराको पुुम्दीकोटमा जारी महायज्ञमा १ करोड ६१ लाख रुपैयाँ संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत शनिबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमितिका सहसंयोजक निर्मल बरालले बताए ।
महायज्ञको सातौं दिन करिब ४० लाख रुपैयाँ संकलन भएको समितिले जनाएको छ । महायज्ञमा पोखरा २२ लुकुन्स्वाँरा निवासी प्रभा बरालबाट ३ लाख ५ हजार ६ सय ६५, स्थानीय कलावती बरालबाट २ लाख ५५ हजार ५ सय ५५, पोखराका समाजसेवी प्रेमबहादुर जिसीबाट २ लाख ५० हजार सहयोग प्राप्त भएको छ ।
महायज्ञमा पोखरा ८ सिमलचौरका डा. आनन्दबहादुर श्रेष्ठबाट १ लाख ७० हजार, पोखरा ३ तेर्सापट्टीका योगमाया द्वाबाट १ लाख १७ हजार, पोखरा पार्दी विरौटा निवासी घनश्याम शर्मा लामिछानेबाट १ लाख ५ हजार ५ सय ५५, पोखरा २२ डाँडाथोक धनरुपा बरालबाट १ लाख १ हजार १ सय ११, पोखरा २२ लुकुनस्वाँराका चेतभक्त बरालबाट १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त भएको छ ।
महायज्ञमा पोखरा १७ विरौटाका नरपति देवकोटाले ५० हजार ५ सय ५५, पोखरा २२ स्वाँराका विष्णुमाया बरालबाट ५० हजार १ सय २५ रुपैयाँ दान भएको छ । शनिबार महायज्ञमा बिहानदेखि बेलुकैसम्म मानिसको भीड भएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताए ।
नियमित चल्ने माइक्रो बससहित शुक्रराज मावि र आमा घर पाठशालाका बसले शनिबार दिनभरी जसो सित्तैमा यातायात सेवा दिएको आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए । शनिबार भने सार्वजनिक बिदा भएकाले महायज्ञमा भक्तजन ठूलो संख्यामा उपस्थित भएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।
महायज्ञमा पण्डित कमलनयन गौतमले कथा वाचन गरेका छन् । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बरालले पुम्दीकोट बिशाल महादेवको मुर्ति निर्माण अभियानलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक भएको बताएका छन् । महायज्ञमा आमा धनरुपा बरालको नाममा १ लाख १ हजार सहयोग गर्दै मन्त्री बरालले पुम्दीभुम्दीसहित पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको बिशाल महादेवको मुर्तिका अपुरा कार्य पूरा गर्न सबै एकजुट हुनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया