गाेरखामा कांग्रेसले गठबन्धन नगर्ने
समाधान संवाददाता
२०७९ वैशाख ११ गते १२:४५

गाेरखा ।
नेपाली कांग्रेस गाेरखाले स्थानीय तहकाे निर्बाचनमा कसैसँग गठबन्धन नगर्ने निर्णय गरेकाे छ । गठबन्धनले केन्द्रबाट गाउ पालिका बाँडफाँड गरेकाे भएपनि गाेरखा कांग्रेसले त्याे अस्वीकार गर्ने निर्णय गरेकाे जिल्ला सभापति नन्दप्रसाद न्याैपानेले बताए ।
सभापित न्याैपानले आज पत्रकार सम्मेलन नै गरेर कांग्रेस एक्लै निर्बाचन लडन लागेकाे जानकारी दिएका हुन् । ‘सत्ता गठबन्धनमा रहेका अन्य दलका केही साथीहरुको महत्वकांक्षा र राजनीतिक अपरिपक्कताका कारण गठबन्धन टिकेन,’ पत्रकार सम्मेलनमा उनले भने, ‘त्यसैले अन्य दलहरुसँग तालमेल नगरी एक्लै चुनाव लड्ने निर्णय कांग्रेसले गरेको हो ।’
सम्बन्धित
तपाईको प्रतिक्रिया