लोमान्थाङमा कांग्रेसका अध्यक्ष र उपाध्यक्ष पदसहित २३ जनाको उम्मेदवारी दर्ता, ४ तहमा उम्मेदवारी शून्य

जोमसोम—
बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले बैशाख ११ र १२ गतेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने समय तोकेपनि हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका बाहेक ४ स्थानीय तहमा कुनै पनि राजनितिक दल र सोतन्त्र उम्मेदवारको मनोनयनपत्र दर्ता हुन नसकेको मुख्य निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ । हिमाली जिल्लाको धार्मिक सांस्कृतिक मान्यता अनुसार आईतबार शुभसाईत त्यती राम्रो नहुने भएकाले उम्मेदवारी दर्ता हुन नसकेको बुझिएको छ ।
स्थानीय तह निर्वाचनका लागि उम्मेवार मनोनयपत्र दर्ता गर्ने पहिलोदिन मुख्य निर्वाचन कार्यालयसहित ५ वटै निर्वाचन अधिकृत कार्यालयमा आज बिहान १० बजेदेखि साँझ ५ सम्म निर्वाचन अधिकृत र कर्मचारी मनोनयपत्र दर्ता गर्न प्रतिक्षारत रहेपनि लोमान्थाङ गाउँपालिकामा बाहेक अन्य पालिकामा कुनै पनि उम्मेदवारी दर्ता हुन नसकेको मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिए ।
बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचनका लागि मनोनयपत्र दर्ता गर्ने पहिलोदिन उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेपाली कांग्रेसका २३ जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेको लोमान्थाङका निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए ।उनका अनुसार नेपाली कांगे्रसले अध्यक्ष र उपाध्यक्षसहित २३ पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।कांगे्रसले ४ वटा वडामा दलित सदस्यको लागि उम्मेदवारी दर्ता नगरी बाँकी पदमा उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत सुबेदीले उल्लेख गरे ।तर,नेपाली कांगे्रसले उम्मेदवारी दर्ता गरेपनि नेकपा एमालेका उम्मेदवारले भने पहिलोदिन मनोनयनपत्र दर्ता गराएनन् ।
निर्वाचन आयोगले मनोनयपत्र दर्ता गर्न दुई दिनको समय दिएकाले पनि मुस्ताङका राजनितिक पार्टीहरुले उम्मेदवारी दर्ता गर्न हतार गरेका छैनन् । उनीहरुले भोली सोमबार मात्रै मनोनयपत्र दर्ता गर्ने बुझिएको छ ।स्थानीय तह निर्वाचनका लागि मनोनयपत्र दर्ता गर्ने पहिलोदिन यहाँ ४ स्थानीय तहमा उम्मेदवारी दर्ता हुन नसकेपनि राजनितिक दलका प्रतिनिधिहरुले मनोनयनपत्र दर्ता गर्ने फाराम र निर्वाचनमा मनोनयपत्र दर्ता गर्ने प्रक्रियाका बारेमा निर्वाचन अधिकारीहरसंग आवश्यक परामर्श लिने काम भने भएको सहायक निर्वाचन अधिकृत गौरीनाथ आचार्यले जानकारी दिए ।
त्यसो मनोनयपत्र दर्ता गर्ने पहिलोदिन दलहरुको आन्तरिक गृहकार्य र निर्वाचन कार्यक्रम बारे बुझ्न र सो अनुसार आफ्ना उम्मेदवारको मनोनयनपत्र फारम भर्न ब्यस्त रहेकाले पनि पहिलोदिन ४ तहमा उम्मेदवारी दर्ता हुन नसकेको जनाईएको छ । कतिपय पालिकामा दलहरुको उम्मेदवारी टुगोंमा नपुगेकाले पनि समस्या आएको हुनसक्ने अनुमान गरिएको छ । त्यसो त मनोनयपत्र दर्ता गर्ने पहिलोदिन स्थानीय तहमा पूनः उम्मेदवार हुन चाहने जनप्रतिनिधिले पदबाट राजिनामा दिन र आफुले पाएको सेवा सुविधा पालिकालाई हस्तान्तरण समय लागेकाले पनि पहिलोदिनको कार्यक्रम प्रभावित भएको हो ।
स्थानीय तह निर्वाचनका लागि पहिलोदिन उम्मेदवारी दर्ता शून्य रहेको र दोश्रोदिन भीडभाड हुनसक्ने भएकाले मुख्य निर्वाचन अधिकृतको कार्यालयले टेलिफोन मार्फत दलका प्रतिनिधिलाई समय तालिका निर्धारण गरेको जनाईएको छ ।कार्यालय मनोनयनपत्र दर्ता गर्न सहजताको लागि दलका प्रतिनिधिलाई खबर गरिएको हो ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया