जोमसोम अस्पतालकी अध्यक्ष लालचनसहित एक दर्जन कार्यकर्ता राप्रपामा प्रवेश

समाधान संवाददाता २०७९ वैशाख ११ गते २२:२२

जोमसोम अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष एवं नेपाली कांग्रेस घरपझोङ पालिका कमिटी कोषाध्यक्ष कमला लालचन आईबार कांग्रेस त्यागेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रबेश गरेकी छिन् ।उनलाई राप्रपा मुस्ताङका जिल्ला अध्यक्ष गुञ्ज हिराचनले खाँदा लगायर पार्टी प्रवेश गराएको राप्रपा गण्डकी प्रदेश कमिटी सदस्य अजित थकालीले जानकारी दिए ।
कांग्रेस त्यागेर राप्रपामा प्रवेश गरेकी लालचन भोङमोर साना किसान सहकारी संस्थाकी अध्यक्ष हुन् । उनी जिल्लाको सामाजिकक्षेत्रमा रहेर पनी काम गर्दैआईरहेकी थिईन् । पार्टी प्रवेश कार्यक्रममा उनले कांग्रेस पार्टी छोडेर राप्रपामा प्रवेश गर्नुपर्ने कारण समेत बक्तब्य मार्फत स्पस्ट पारेकी छिन् ।


०४६ सालको जनआन्दोलनपछि नेपाली कांग्रेस पार्टीमा सक्रिय रहँदै आईरहेकी लालचनले आफुले कांग्रेसमा गरेको त्याग र कामको अवमूल्यन भएको उल्लेख गरकी छिन् । पार्टीमा आदर्श र निष्ठाको राजािति विपरित कुशासन,नातावाद ,कृपावाद जस्ता गलत व्यवहार हावी भएको र दृष्ट्रिकोण मुल्यमान्यताको धरातलमा बस्नेहरुको पार्टीमा कुनै कदर नभएको भन्दै कांग्रेस त्यागेको घोषणा गरेकी हुन् ।
यस्तै नेपाली कांग्रेस त्यागेर लालचनसहित एक दर्जन कार्यकर्ता राप्रपामा प्रवेश गरेको पार्टी अध्यक्ष गुञ्ज हिराचनले जानकारी दिए ।उनका अनुसार थासाङ—२ का पूर्व गाविस अध्यक्ष रत्न शेरचन र लालप्रसाद गौचन लगायतका व्यक्ति राप्रपामो प्रबेश गरेको जनाईएको छ ।
पार्टी प्रवेश कार्यक्रममा राप्रपा जिल्ला अध्यक्ष हिराचनले राप्रपा पार्टीले मुल्य र मान्यताको राजनिति गर्ने भएकाले यहाँ सबैको सम्माजन कदर हुने बताए । उनले हामी सबै राप्रपा भएको र यहाँ नयाँ र पुरानो भन्ने विभेद नहुँने भएकाले अन्यलाई समेत राप्रपाको ढोका खुल्ला भएको बताए ।राप्रपा जिल्ला नेता एवं घरपझोङ—२ का वडाध्यक्ष मानबहादुर बिकले राप्रपाले नयाँ पुस्तालाई बढी प्राथमिकता दिए । उनले पार्टी सानो भएपनि राप्रपाको बिचार आदर्श महान भएकाले यसलाई भविष्यमा बृहत बनाउँदै लैजाने उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया