एमाले सांसद थापा प्रदेशसभाबाट राजीनामा दिंदै
समाधान संवाददाता
२०७९ वैशाख १२ गते १०:१७

पोखरा ।
गण्डकीका सांसद कृष्ण थापाले प्रदेश सभा सदस्यबाट राजीनामा दिने तयारीमा जुटेका छन् ।
एमाले केन्द्रीय बैठकले पोखराको मेयरमा दीपक पौडेलको सट्टा थापालाई उम्मेदवार बनाउने निर्णय गरेपछि प्रदेश सभा सदस्यबाट राजीनामा दिने तयारी जुटेको एमाले स्रोतले जनाएको छ ।
एमाले स्रोतका अनुसार थापाले बिहान १० बजे प्रदेशसभा सचिवालय पुगेर राजीनामा दिन लागेको हुन् । थापा २०७४ सालमा कास्की २ (क)बाट निर्वाचित भएका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया