माछापुच्छ्रेमा एमालेबाट विक्रम र सीता
समाधान संवाददाता
२०७९ वैशाख १२ गते ११:५५

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्षमा एमालेले विक्रम गुरुङलाई उठाउने भएको छ । उपाध्यक्षमा सीता अधिकारीलाई उम्मेदवार बनाउने टुंगाे एमालेले लगाएको छ ।
माछापुच्छ्रेमा गएको निर्वाचनमा एमाले कर्णबहादुर गुरुङ अध्यक्ष र कृष्णकुमारी पौडेल दवाडी उपाध्यक्ष निर्वाचित भएकी थिइन् । यो गाउँपालिकाका ९ मध्ये ८ वटामा एमालेका वडाध्यक्ष निर्वाचित भएका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया