म्याग्दीका २ पालिकामा कांग्रेसको एकल उम्मेदवारी

राकेश शर्मा
म्याग्दी l
स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार म्याग्दीका २ पालिकामा नेपाली कांग्रेसले एकल उम्मेदवारी दर्ता गराएको छ । ६ स्थानीय तह रहेको म्याग्दीमा सत्ता गठबन्धनमा धवलागिरिबाहेक अन्य पालिकामा कुरा मिलेको छैन ।
जिल्लाको रघुगंगाको अध्यक्षमा भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुनले कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका छन् ।
पालिकाको वडा न १ को अध्यक्षमा बिलबहादुर फगामी, महिला सदस्यमा सोभिता पुन, दलित महिला सदस्यमा रुपा नेपाली दर्जी, खुला सदस्यमा भक्तबहादुर शेरपुजा र बलमान गौचनले उम्मेदवारी दिएका छन् । वडा नं. २ को अध्यक्षमा लोकबहादुर भण्डारी, सदस्यमा रुद्रबहदुर भण्डारी, गोकर्ण भण्डारी, शोभा परियार, डेककुमारी श्रेष्ठ भण्डारी र ३ को अध्यक्षमा अशोक शाहीले उम्मेदवारी दिएका छन् ।
वडा नं. ४ को अध्यक्षमा पविन गर्बुजा, सदस्यमा त्रकुमारी पुर्जा गर्बुजा, आरती विश्वकर्मा, चित्रबहादुर गर्बुजा र राजकुमारी गुर्बजा, वडा नं. ५ मा अध्यक्षमा मनबहादुर शेरपुञ्जा, सदस्यमा ढिलु थजाली, धनमाया गोतामे घताने, रामबहादुर थजाली, डमबहादुर रोका उम्मेदवार बनेका छन् । वडा नं. ६ को अध्यक्षमा मनकुमार शेरपुजा, सदस्यमा मिना पुन, निर्मला विक, टेकजित छन्त्याल, दलप्रसाद पुनले उम्मेद्वारी दिएका छन् ।
वडा नंं ७ मा अध्यक्ष बेगबहादुर पुन, सदस्यमा बुद्धिमाया पुन, शीतल विक, धनबहादुर पुन, ईन्द्र पुनमगर र वडा नं. ८ को अध्यक्षमा गमान छन्त्याल, सदस्यमा प्रिती गर्बुजा, यामकुमारी गोतामे, चबहादुर छन्त्याल र अगेन्द्र छन्त्यालले उम्मेदवारी दर्ता गराएका हुन् ।
अन्नपूर्णमा अध्यक्षमा क्या. बलबहादुर तिलिजा र उपाध्यक्षमा ललिता तिलिजा पुन उम्मेदवार बनेका छन् । कांग्रेसले वडा न १ मा अध्यक्ष भविन्द्र गर्बुजा, महिला सदस्यमा थममाया चोचाङ्गी, महिला दलित सदस्य निर्मला विक, खुल्ला सदस्यमा साजन पुन, बेगबहादुर पुर्जा, २ मा वडाध्यक्ष रेखीराम पुर्जा, सदस्यमा सकिना तिलिजा पुर्जा, हस्तमाया सुनार, भक्तराम फगामी र सुकबहादुर पुर्जालाई टिकट दिएको छ ।
वडा नं. ३ को अध्यक्षमा सुरत केसी, सदस्यमा तिर्सना विक, संगीता विक, भीमबहादुर पुन, दिप्पाल तिलिजा, ४ को अध्यक्षमा लोकबहादुर फगामी, सदस्यमा यामकुमारी स्वतन्जा, सुकमाया विक, भीमबहादुर शेरपुजा, श्याम पुर्जा छन् । वडा नं. ५ को अध्यक्षमा राजेश तिलिजा पुन, सदस्यमा अ इशा गर्बुजा, जुना खाती, रामबहादुर पुर्जा र धनबहादुर पाइजाले मनोनयन दर्ता गराएका छन् ।
वडा नं. ६ को अध्यक्षमा रामबहादुर खड्का, सदस्यमा पु्ष्पा बानियाँ बरुवाल, सरस्वती परियार, मीनबहादुर गर्बुजा, प्रेमबहादुर बरुवाल, वडा नं. ७ को अध्यक्षमा गमबहादुर फगामी पुन, सदस्यमा उर्मिला पुन पाइजा, टीका घताने, नीलप्रसाद पुन, हिराबहादुर पुन र वडा नंं. ८ को अध्यक्षमा रवि गर्बुजा, सदस्यमा मञ्जु मगर पुन, गीता कामी, गमबहादुर पुर्जा र थपबहादुर फगामीले उम्मेद्वारी दिएका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रले सोमबारमात्र उम्मद्वारी दर्ता गराउने जनाएका छन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया