डिसहोमको क्याम्पस वाइफाइ सोलुसन्स

समाधान संवाददाता २०७९ वैशाख १२ गते १७:००

काठमाडौं l
डिसहोम फाइबरनेटले धेरै मानिस भएको क्षेत्रका लागि उपयोगी हुने इन्टरनेट प्रविधि क्याम्पस वाइफाइ सोलुसन बजारमा ल्याएको छ । भृकुटीमण्डपमा जारी सुचना प्रविधि मेला ‘क्यान इन्फोटेक’मा शनिबार यो प्रविधिको कम्पनीले लन्च गरेको हो ।
कम्पनीका प्रवन्ध निर्देशक सुदीप आचार्यले डिसहोम फाइबल नेटको स्टलमा आयोजित कार्यक्रममा सिक्सजी प्रविधिमा आधारित ह्वावे प्रविधिको राउटर लन्च गरे । । उनले यस किसिमको प्रविधि ल्याउने डिसहोम पहिलो रहेको दाबी गरे ।

Advertisement

आचार्यले डेढ वर्षको छोटो अवधिमा डिसहोम फाइबरनेटका १ लाख २० हजार ग्राहक पुगेको बताए । डाइरेक्ट टु होम प्रविधिमा टेलिभिजन सुरु गर्दा पनि आफूहरुले भविश्य हेरेर नै गरेको र सो प्रविधि अहिले लोकप्रिय रहेको उदाहरण दिँदै उनले क्याम्पस वाइफाइ सोलुसन्स पनि उपभोक्ताको आवश्यक र रुचिमा पर्ने विश्वास व्यक्त गरे ।

क्याम्पस वाइफाइ सिक्स विशेषगरी धेरै मानिस काम गर्ने बैंक, बीमा, सरकारी कार्यालय, विद्यालय तथा क्याम्पस, होटल, रेस्टुरेन्ट आदि जस्ता शैक्षिक संस्था, विज्ञान तथा अनुसन्धानमूलक संस्था, व्यवसायिक संस्था, सुपरमार्केट, रंगशालाका लागि उपयोगी हुन्छ । उच्च क्षमताको यो वायरलेस प्रविधिले एकल नेटवर्कमा विशेष क्षेत्रभित्र सिग्नल फैलाउन सशक्त भूमिका खेल्छ ।
यसका लागि आउने एक्सेस प्वाइन्ट डिभाइस (एपी) धेरै प्रकारका हुन्छन् । यो वाइफाइ सिक्स प्रविधिमा आधारित भएकाले यसमा एआई (आर्टिफिसियल टेक्नोलोजी) पनि हुन्छ । एआईले ब्यान्डविथलाई अटो क्याप गरिदिने भएकाले चलिरहेको कुनै वेबसाइट, भिडियो अवरुद्ध हुन पाउँदैन ।

यसमा सिमलेस रोमिङ हुने भएकाले एउटा राउटरबाट अर्को राउटरमा जाँदा गरिरहेको फोन काटिन पाउँदैन् । अटो स्वीच भएर अटो कनेक्ट हुने डिसहोम फाइबरनेटका प्राविधिकको भनाइ छ । धेरै जनाले एकै पटक वाइफाइ चलाउन मिल्नु यसको मुख्य विशेषता हो ।

Advertisement

तपाईको प्रतिक्रिया