नबिल शाखा मालेपाटनमा

समाधान संवाददाता २०७९ वैशाख १२ गते १७:१६

पोखरा l
नबिल बैंक लिमिटेडले मालेपाटनमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको आइतबार पोखरा महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपालीले उद्घाटन गरे ।

Advertisement

उनले बैंकहरुले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । नेपालीले कृषि क्षेत्रको समृद्धिका लागि बैंकले गरेको सेवा प्रवाह स्वागत योग्य भएको बताए ।

बैंकका निर्देशक आशा राणा अधिकारीले कृषि तथा महिला उद्यमीका लागि बैंकले विशेष कर्जा प्रदान गर्दै आएको बताइन् । उनले गण्डकी प्रदेशमा बैंकका १६ शाखा रहेको र थप विस्तार गर्ने योजना सुुनाइन् ।

बैंकका गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोकाले विगत ३७ वर्षदेखि ग्राहककै विश्वासका कारण नेपालकै अग्रणी बैंक बन्न सफल भएको बताए । बैंकका १ सय ४६ शाखा रहेको र ११ लाख ग्राहक संख्या रहेको उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया