टिकट खाेसिएका पाैडेलले भनेः भिडियाे झुटाे हाे, षडयन्त्रकारीले चरित्र हत्या गरे
उपयुक्त समयमा उचित सम्मान दिने अध्यक्ष ओलीकाे आश्वासन

पोखरा ।
एमालेबाट पोखरा महानगरपालिकाको मेयरका लागि टिकट पाइसकेर पनि खोसिएका नेता दीपक पौडेलले पार्टीभित्रकै षडयन्त्रकारी तत्वले आफ्नो चरित्र हत्या गरेको बताएका छन् । एमाले केन्द्रीय सचिवालय बैठकले १० गते पौडेललाई पोखराको मेयर उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर भोलिपल्टै पार्टीले टिकट फिर्ता गरी कृष्ण थापाले दिएको छ ।
पौडेलले सोमबार विज्ञप्ति जारी गरी आफ्नो भनाइ सार्वजनिक गरेका छन् ।
पौडेलको विज्ञप्ति:
मिति २०७९ वैशाख १२ प्रेस विज्ञप्ति कामको श्रेष्ठताको आधारमा मैले मेयरको टिकट पाएँ ।केही आफ्नै पार्टीका षड्यन्त्रकारी तत्वहरुले दुराग्रह भावना राखी चार वर्ष अगाडिको झुट सम्पादित भिडियो बनाई चरित्र हत्या गर्न खोजे । पार्टी अध्यक्ष केपी शर्मा वलीलाई भ्रममा पार्ने दुस्प्रयास गरे । मलाई वैशाख १० गते पार्टीको आधिकारिक सचिवालय बैठकले मेयर पदको उमेदवार बनाएको थियो ,पार्टी अध्यक्षज्युले टेलिफोन गरी उपयुक्त समयमा कुनै जिम्मेवारी बहन गर्ने गरि निर्णय परिवर्तन गर्न सुझाव माग्नु भयो । म पार्टीको इमानदार सिपाही भएको हुँदा पार्टीले गर्ने जुनसुकै निर्णय शिरोपर गर्ने वचनबध्दता प्रकट गरे । तर पार्टीको सचिवालय बैठकको निर्णय विपरीत आएको अप्रत्याशित निर्णयप्रति भने असहमति प्रकट गर्दछु ।
पार्टी कमिटीको अन्तिम आधिकारिक निर्णयविरुद्ध भएको कार्य पार्टी कमिटीबाटै बहस गर्ने नै छु । मेरो बारेमा आएका केही भ्रमपुर्ण समाचार सर्वथा झुट रहेको व्यहोरा सबै जनसमुदाय समक्ष प्रकट गर्दछु ।यदि कुनै कमीकमजोरी भए पार्टी तथा सम्बन्धित निकायबाट छानबिन गर्न अपिल गर्दछु ।मैले पद पाउन भनेर अर्कालाई होच्याउने कार्य कहिल्यै गरिन ,अर्कालाई मिथ्या आरोप लगाएर पदको लागि मरिहत्ते गर्ने हर्कतविरुध्द म जीवनभर संघर्ष गरिरहनेछु ।मलाई शुभेच्छा प्रकट गर्ने हजारौं जनसमुदाय तथा आफन्तजनप्रति आभार प्रकट गर्दै ,गलत प्रवृत्तिकाविरुद्ध सदाझै पार्टीमा रहेर संघर्ष गर्ने प्रण गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछु ।
दिपक पौडेल
सचिवालय सदस्य ,नेकपा एमाले गण्डकी प्रदेश








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया