मुस्ताङको लोघेकर र घरपझोङमा एमालेका ४ र कांग्रेसका २ जना वडाध्यक्ष निर्विरोध

समाधान संवाददाता २०७९ वैशाख १२ गते २०:०५
फोटो ः घरपझोङमा एमालेले उम्मेदवारी दर्ता गर्न जाने क्रमको झलक । तस्विर ःसुन्दरकुमार थकाली ।

जोमसोम—मुस्ताङको ५ स्थानीय तह मध्ये दुई स्थानीय तहको कुल ६ वटामा निर्विरोध भएको छ ।मुस्ताङको लोघेकर दामोदरकुण्डमा ३ वटा वडा र घरपझोङ गाउपालिकामा ३ वटामा एकल उम्मेदवारी परेपछि त्यहा उम्मेदवारी दिने उम्मेदवार निर्विरोध भएका हुन् ।तर,यसलाई मुख्य निर्वाचन आयोगले तत्काल सार्वजनिक गर्न नमिल्ने बताएको छ ।
लोघेकर दामोदरकुण्ड गाउपालिकाको वडा १ , ३र ४ मा उम्मेदवारी दिने उम्मेदवार निर्विरोध भएको निर्वाचन अधिकृत नेपालहरी रानाभाटले जानकारी दिए । एमाले जिल्ला ईञ्चार्ज चन्द्रमोहन गौचनका अनुसार लोघेकर दामोदरकुण्ड १ को वडाध्यक्षमा टसी ढिन्डु ठुकुरी सहित पुरै सेट एमाले निर्विरोध भएको हो । वडा —२ मा एमालेका वडाध्यक्ष उम्मेदवार झ्याब्याङ तेञ्जिङ गुरुङसहित २ वडासदस्य र कांग्रेसबाट एक वडासदस्य निर्विरोध भएको एमाले जिल्ला ईञ्चार्ज गौचनले बताए । यस्तै,वडा—३ मा एमालेबाट वडाध्यक्ष झ्याब्याङ छोसाङ गुरुङसहित २ वडासदस्य एमाले र एक वडासदस्य कांग्रेसको निर्विरोध भएको उनले बताए ।लोघेकरको वडा २ र ५ मा कांग्रेस र एमालेबीच सबै पदमा उम्मेदवारी भएको छ भने ४ वटा वडामा दलित सदस्य कोटा खाली छ ।
मुस्ताङको घरपझोङ गाउपालिकाको वडा १ र २ मा नेपाली कागे्रेसका वडाध्यक्ष उम्मेदवार निर्विरोध भएका छन् भने वडा—५ मा एमालेका वडाध्यक्ष निर्विरोध भएको श्रोतले बताएको छ । घरपझोङको १,२ र ५ मा नेपाली काग्रेस ,एमाले,माओवादी केन्द्र्र,नेकपा समाजवादी र राप्रपाबीच आन्तरिक तालमेल भएको हो ।घरपझोङ गाउपालिकामा ४० जनाको उम्मेदवारी दर्ता भएको छ ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि लोमान्थाङ गाउपालिकामा नेपाली कांग्रेस र एमालेका तर्फबाट अध्यक्ष र उपाध्यक्षसहित ४६ जनाको उम्मेदवारी परेको छ ।त्यहाको ४ वटा वडामा दलित उम्मेदवार नभएकाले कांग्रेस र एमालेको ४—४ जना उम्मेदवारको कोटा रिक्त रहेको छ ।लोमान्थाङमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिकामा ३० जनाको उम्मेदवारी परेको छ । लोघेकरमा एमालेले अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छ । गठबन्धनबाट लोघेकरमा नेकपा समाजवादीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको छ भने कांग्रेसले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको छ ।
यस्तै,वारागुङ मुक्तिक्षेत्र गाउपालिकामा नेकपा एमालेको तर्फबाट अहिलेसम्म ४५ जनाले उम्मेदवारी दर्ता गरे । जसमध्ये नेकपा एमाले त्यहा २७ वटै पदमा उम्मेदवारी दर्ता गरेको छ भने कांंग्रेसले अध्यक्ष र उपाध्यक्षसहित अन्य पदहरुमा उम्मेदवारी दर्ता गर्ने क्रम भईरहेको छ ।
मुस्ताङको थासाङ गाउपालिकामा ५४ जनाको उम्मेदवारी दर्ता हुने अनुमान गरिएको छ । एमालेले त्यहा अध्यक्ष र उपाध्यक्षसहित २७ पदमा उम्मेदवारी दिएको छ भने नेपाली कांग्रेसले उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रम भईरहेको छ ।
निर्वाचन आयोगले मनोनयनपत्र दर्ता गर्ने समय २ दिन तोकेपनि लोमान्थाङबाहेक अन्य स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता भएको थिएन । जिल्लाका राजनितिक दलहरुको आन्तरिक तयारीका कारण वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङमा दिउसो २ बजेदेखि मात्र मनोनयनपत्र दर्ता सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया