अध्यक्ष जिते, ५ वर्षसम्म तलब भत्ता लिन्न ः लालचन

समाधान संवाददाता २०७९ वैशाख १२ गते २१:०६
घरपझोङको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार लालचन ।

जोमसोम—बैशाख ३० गते हुँने स्थानीय तह निर्वाचनका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचनले निर्वाचन जिते ५ वर्षसम्म तलब भत्ता नलिने बताएका छन् ।मुख्य निर्वाचन कार्यालय मुस्ताङको मनोनयपत्र दर्ता गर्ने क्रममा स्थानीय तह अन्तर्गत आफु निर्वाचन भए आफुले पाएको तबल भत्ता ५ वटै पालिकालाई समानुपातिक रुपमा बितरण गर्दे प्रतिवद्धता ब्यक्त गरेका छन् ।
लामोसमयदेखि बैदेशिक रोजगारका क्रममा विदेश बस्दै आएका कांग्रेसका अध्यक्ष पदका उम्मेदवार लालचन बिगत ५ वर्षदेखि आफ्नै गृह गाउँ मार्फामा बस्दै आईरहेका छन् । पर्यटन व्यवसायी समेत रहेका लालचनको मार्फामा होटल मार्फा प्यालेस सञ्चालनमा छ ।उनले कांग्रेसका तर्फबाट मनोनयनपत्र दर्ता गर्ने क्रममा पत्रकार सोधेको प्रश्नमा आफु भ्रष्टाचार गर्न,पैसा कमाउन र सेवा सुविधा लिन नभई पालिकाको समृद्धि र विकासमा योगदान गर्न उम्मेदवारी दिएको उल्लेख गरे ।
कांग्रेसका तर्फबाट घरपझोङ गापाको अध्यक्ष पदका उम्मेदवार लालचनले कृषि ,पर्यटन ,शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा पालिकाको विकासमा समर्पित रहने बताए ।‘मलाई पैसा कमाउने,सेवा सुविधा लिने र ठुलो मान्छे बन्ने रहर होईन विशुद्ध पालिकामा रहेर सेवा गर्ने रहरले उम्मेदवारी दिएको हुँ ।’उनले भने ।
उनले पालिकाको अध्यक्ष बने आफु भष्ट्रचार र कमिशनको चक्करमा नलाग्ने र अरुलाई पनि यसबाट नियमन गर्ने दावी गरे ।

तपाईको प्रतिक्रिया