नार्पाभूमिको उपाध्यक्षमा एमाले उम्मेदवार निर्विरोध

मनाङ l
मनाङको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मिङमर फुन्चो लामा निर्विरोध भएका छन् । एमालेले उनलाई अध्यक्षमा उठाउने निर्णय गरे पनि पछि उपाध्यक्षमा मनोनयन दर्ता गराएका थिए ।
मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले उपाध्यक्षमा १ जनाको मात्रै उम्मेदवारी परेको बताए । निर्विरोध लामा यसअघि वडा नम्बर २ को अध्यक्ष थिए । उपाध्यक्षमा कुनै पाटी र स्वतन्त्रले उम्मेदवारी दिएका छैनन् । एमालेका लामाको मात्रै एकल उम्मेदवारी परेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पोल्देन छोपाङ गुरुङले जानकारी दिए । अध्यक्षमा कांग्रेसबाट हालका अध्यक्ष कोन्जो तेन्जिन लामा र एमाले समर्थक मिङमर सोनाम लामाले उम्मेदवारी दिएका छन् । कृष्णबहादुर लामाले कांग्रेसमा बागी उम्मेदवारी दिएका छन् ।
वडा नं. १ मा कांग्रेसका फुर्वा ठेले लामा निर्विरोध भएका छन् । नेकपा एमाले समर्थित तर, स्वतन्त्रबाट उम्मेदवारी दिएका वडा नं. ४ को अध्यक्षमा कर्मा ग्याल्जेन लामा र ५ को अध्यक्षमा सोनम तेजे लामा निर्विरोध भएका छन् । वडा नं. २ र ३ मा एमाले र स्वतन्त्र उम्मेदवारले वडाअध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।







आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया