चामेका वडा नम्बर १ र २ मा वडाअध्यक्षमा एकल उम्मेदवारी

समाधान संवाददाता २०७९ वैशाख १३ गते १२:०४

मनाङ l
मनाङको चामे गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका खड्कजंग गुरुङको वडाअध्यक्षमा एकल उम्मेदवारी परेको छ । उक्त वडामा एमालेबाटै महिला सदस्य राजकाशी गुरुङ र दलित महिला सदस्य अनिता विकका लागि प्रतिस्पर्धी उम्मेदवार देखिएका छैनन् । वडा नम्बर २ मा कांग्रेसका मंगलदेव गुरुङ एक्लो अध्यक्षको उम्मेदवार बनेका छन् । उक्त वडामा कांग्रेसबाट महिला सदस्य गममाया गुरुङ र दलित महिला सदस्य नविना परियारविरुद्ध पनि प्रतिस्पर्धीको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए ।

गाउँपालिका अध्यक्षमा भने कांग्रेसका छिरिङ धोर्जे लामाले सोमबार र एमालेका लोकेन्द्रबहादुर घलेले आइतबार मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षमा कांग्रेसका मिङ्मार डोमा लामा र एमालेकी आशकुमारी गुरुङले मनोनयन दर्ता गराएका छन् ।
वडा नम्बर ३ मा एमालेका प्रेमकुमार श्रेष्ठ र कांग्रेसका विनोद लामा, वडा नम्बर ४ मा एमालेका पाल्साङ लामा र कांग्रेसका लोप्साङ लामा साथै वडा नम्बर ५ मा एमालेका कैले गुरुङ र कांग्रेसका फुर्वा चिरिङ लामाले मनोनयन दर्ता गराएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया