रेडियो अन्नपूर्णको वार्षिकोत्सव

पोखरा l
रेडियो अन्नपूर्णले २१ औं वार्षिकोत्सव मनाएको छ । २०५८ वैशाख १२ गते स्थापना भएको रेडियोले सोमबार बार्षिकोत्सव मनाएको हो ।
रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेले स्थापनाकालदेखि नै रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्य गर्दै आएको बताए । उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने उल्लेख गरे । पालिखेले रेडियोलाई समयानुकूल परिस्कृत गर्दै लैजाने प्रतिवद्धतासमेत जनाए ।
प्रबन्ध निर्देशक सुनयना पालिखेले स्रोता, शुभेच्छुकको साथ, सहयोग कारण रेडियोले भिन्न पहिचान बनाउन सफल भएको बताइन् । निर्देशकद्वय बिजेश पालिखे र बरदान ताङ्वे लामाले चुनौती सँगसँगै अगाडि बढनुपर्नेमा जोड दिए । कार्यक्रममा स्टेसन म्यानेजर सञ्जयकुमार मल्ल, वरिष्ठ प्रस्तोता आरजु विष्ट सल्यानी र वासुदेव मिश्रले समय सँगसँगै रेडियोलाई परिमार्जन गर्दै लैजानुपर्ने बताए ।
रेडियोले उत्कृष्ट कार्य गर्ने विभिन्न कर्मचारीलाई सम्मान गरेको छ । बेस्ट स्टाफ अफ दि इएरबाट मार्केटिङ म्यानेजर नारायण पौडेल सम्मानित भए । उनलाई ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मान गरियो । रेडियोका वरिष्ठ प्रस्तोता आरजु विष्ट सल्यानी, सरिता तिमिल्सिना पंगेनी, कृष्ण देवकोटा र सरु लामिछानेलाई पनि सम्मान गरिएको छ ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया