पुम्दीकोट महायज्ञबाट साढे ३ करोड संकलन

पोखरा l
पर्यटकीय स्थल पोखरा २२ को पुुम्दीकोटमा १० दिन जारी महायज्ञमा ३ करोड ५२ लाख रुपैयाँ संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्तर्गत मंगलबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति सहसंयोजक निर्मल बरालले बताए ।
मंगलबारमात्र करिब १५ लाख १९ हजार रुपैयाँ संकलन भएको छ । महायज्ञमा पोखरा १७ विरौटाका विजय अधिकारी र तुलसी अधिकारीबाट १ लाख ८ हजार १ सय ८, पोखराका सनतकुमार श्रेष्ठबाट १ लाख १ हजार १ सय ११, पोखरा २२ लप्सिबोटका सौरवी पौडेल (सूर्य) बाट १ लाख १ सय ८,ढोरनाथ बरालबाट १ लाख रुपैयाँ दान प्राप्त भएको छ ।
कालावाङ घरेडी पोखरा तमु समाजबाट ५७ हजार ७ सय ५५, पोखरा ६ बैदाम निवासी डा. सुवास बराल र राजु बरालबाट ५५ हजार ५ सय ५५, पोखरा ८ सिमलचौरका कृष्ण भुजेल र किरण भुजेलबाट ५५ हजार ५ सय ५५, पोखरा १७ का दुर्गा पगेनीबाट ५१ हजार, अन्नपूर्ण ३ का कुशुमकुमार पौडेलबाट ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको आर्थिक उपसमिति सदस्य भवनराज बरालले जानकारी दिए ।
वैशाख ४ देखि १२ गतेसम्म तय भएको महायज्ञ दाताको माग अनुसार एक दिन थप गरी १० दिनसम्म सञ्चालन भएको समितिले जनाएको छ । महायज्ञको औपचारिक रुपमा समापन गर्दै समिति अध्यक्ष चन्द्रकान्त बरालले महायज्ञ सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । अब बिशाल महादेवको मुर्ति निर्माण अभियान पुनः तीव्र गतिमा अघि बढाइने अध्यक्ष बरालले बताए ।
महायज्ञमा मुख्य वाचक पण्डित कमलनयन गौतम थिए । दोस्रो पटक आयोजना गरिएको महायज्ञमा पनि दाता र शिवका भक्तको उत्साहजनक रुपमा सहभागिता रहेको आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया