पोखरा ११ मा एमाले निर्वाचन परिचालन कमिटी

पोखरा l
उम्मेद्वारी मनोनयन दर्ता गराएसँगै पोखरा ११ का एमाले उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । पोखरा ११ मा एमालेबाट अध्यक्ष पदका लागि मीनबहादुर गुरुङ सहितको टोली चुनावी मैदानमा होमिएको हो ।
चुनावी अभियान अन्र्तगत मंगलबार निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । निर्वाचनमा मतदाताको घरदैलो अभियानका लागि १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको उनले बताए । एमाले वडा कमिटी उपाध्यक्ष सञ्जयकिशोर बास्तोलाको अध्यक्षतामा बनेको कमिटीले निर्वाचन लक्षित कार्यक्रम तय गर्नेछ । बास्तोलाका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि घरदैलो अभियान थाल्ने निर्णय भएको छ । अन्तिम नामावली प्रकाशन भएसँगै नमुना मतपत्रसहित मतदाताकोमा जाने तयारी भएको उनले जानकारी दिए ।
यसअघि कांग्रेसले जित हासिल गरे पनि विकासका काम हुन नसकेको भन्दै वडावासीले आफूहरुको नेतृत्व खोजेको उनको दाबी छ । वडा नं ११ मा महिला सदस्यमा चन्द्रा शर्मा तिवारी, दलित महिला सदस्यमा हेमाकुमारी नेपाली, सदस्यमा विष्णुप्रसाद आचार्य र कार्लोस गुरुङले मनोनयन दर्ता गराएका छन् ।







पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया