दुव्र्यसनीलाई सद्भावको खाँचो

समाधान संवाददाता २०७९ वैशाख १४ गते १२:०१

पोखरा l
लागुऔषध प्रयोगकर्ताको हितमा काम गर्दै आएको रिकभरिङ नेपालले लागुऔषध न्यूनीकरणका विषयमा अन्तक्र्रिया गरेको छ । मंगलबार पोखरामा भएको अन्तक्र्रियामा कम्युनिटी सपोर्ट ग्रुपका सन्तोष गुरुङले लागुऔषध प्रयोगकर्ताप्रति समाजले हेर्ने दृष्टिकोण सकरात्मक हुनुपर्ने बताए । उनले लागुऔषध प्रयोगकर्ता कुनै अपराधी नभई प्रयोगकर्तामात्र भएको उल्लेख गरे । लागुऔषध प्रयोगकर्तामाथि प्रहरीबाट ज्यादती हुने गरेको उनले सुनाए ।

Advertisement

उनले कारोबारी र सेवनकर्तालाई एकै प्रकारको दण्ड भएकाले यसलाई संशोधन गर्नुपर्ने माग गरे । लागुऔषध प्रयोगकर्ताको जीविकोपार्जनका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ । कास्कीमा एउटामात्र सुधार केन्द्र रहेको र त्याे पनि प्रभावकारी नभएको उनले गुनासो गरे । २०३३ सालमा बनेको कानुन अहिलेसम्म पनि परिमार्जन नभएको उनको भनाइ छ ।
उनले महिला र पुरुष लागुऔषध प्रयोगकर्तामा समेत घरभित्रबाट नै विभेद हुने गरेको सुनाए । छोरा लागुऔषधमा फस्दा पारिवारिक सहयोग भए पनि छोरी लागुऔषधमा फस्दा भने वेवास्ता हुने गरेको उनको दाबी छ ।

राष्ट्रिय एचआइभी संक्रमित महासंघका केन्द्रीय सदस्य मनोजकुमार गुरुङले समाज र परिवारबाट सहयोग भएमा लागुऔषध प्रयोगकर्तालाई सुधार्न सकिने सुनाए । उनले आफू २० वर्षदेखि एचआइभी संक्रमित भए पनि आफूजस्ता संक्रमितको हकहितका लागि काम गर्दै आएको उल्लेख गरे । उनले परिवारिक बेमेल, घरपरिवार तथा आफन्तको माया, ममताबाट बञ्चित भएपछि मानिस कुलतमा फस्ने गरेको जनाए ।

Advertisement

नौली बिहानी पोखराकी राजु थकाली (फुपू) ले माया र सद्भाव बिना स्वस्थ समाजको परिकल्पना गर्न नसकिने बताइन् । यौनिक तथा लैंगिक अल्पसंख्यकका समस्याका बारेमा राज्यबाट कुनै पनि सुनुवाइ नभएको भन्दै उनले नीति निर्माण गर्दा यो समुदायको पनि सहभागिता हुनुपर्नेमा जोड दिइन् ।

गोरेटो नेपालकी अध्यक्ष बिमला गुरुङले समाजमा विभिन्न विभेदका कारण अल्कोहल सेवन गर्ने महिला बढ्दै जाँदा चुनौती थपिएको सुनाइन् । उनले आफ्नो रोजीरोटीका लागि मनोरञ्जनको क्षेत्रमा काम गर्ने महिलालाई कामबाट फर्कंदा समेत प्रशासनले दुख दिने गरेको गुनासो गरिन् । संस्थाले लागुऔषध दुव्र्यसनी न्यूनीकरण गर्न विभिन्न सचेतना गोष्ठीहसमेत सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक विकास क्षेत्रीले बताए ।

तपाईको प्रतिक्रिया