तनहुँ तमु समाजको स्थापना दिवस
समाधान संवाददाता
२०७९ वैशाख १४ गते १६:१८

पोखरा l
तनहुँ तमु समाज पोखराले २९ औं स्थापना दिवस मनाएको छ । कार्यक्रममा शुभकामना आदानप्रदान, ज्येष्ठ नागरिक सम्मान, उत्कृष्ट बाबा आमा, एवं पूर्वसचिवलाई सम्मान गरियो । समाजको भित्तेपात्रोसमेत सार्वजनिक गरिएको छ ।
तमु धीं नेपाल अध्यक्ष हुमबहादुर गुरुङले तनहुँ तमु समाज हरेक विधामा उत्कृष्ट रहेको बताए । उनले समाजका सदस्यलाई एकता मजबुत बनाउँदै प्रगतिपथमा लाग्न आग्रह गरे । समाजका सल्लाहकार संयोजक सुमे समसेर गुरुङले समाज स्थापनादेखि वर्तमानसम्म हासिल गरेका उपलब्धिबारे प्रकाश पारे ।
समाजका अध्यक्ष सोमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार एवं तमु धीं नेपालका सहसचिव गोपाल गुरुङ, पूर्वध्यक्ष प्रेमचन्द गुरुङ, कमानसिंह गुरुङ, पूर्व अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष तीर्थबहादुर गुरुङ र सचिव लेखबहादुर गुरुङले बोलेका थिए ।
सम्बन्धित








टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया