मुस्ताङमा अध्यक्ष पदका उम्मेदवार गुरुङ विरुद्ध प्रशासनमा उजुरी दर्ता

समाधान संवाददाता २०७९ वैशाख १४ गते १७:४५

जोमसोम—

मुस्ताङमा कांग्रेसका एक उम्मेदवार विरुद्ध उजुरी परेको छ । लोमान्थाङ गाउँपालिकाका लागि अध्यक्ष पदमा उम्मेदवारी मनोनयपत्र दर्ता गरेका कांग्रेसका उम्मेदवार टसी गुरुङ विरुद्ध नेकपा एमाले जिल्ला कमिटी मुस्ताङले चिन विरोधी गतिविधिमा संग्लन रहेको उल्लेख गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय मुस्ताङमा उजुरी दर्ता गराएको हो ।
नेकपा एमाले जिल्ला कमिटी मुस्ताङका अध्यक्ष आशबहादुर थकालीद्धारा हस्ताक्षरित कांग्रेस उम्मेदवार टसी गुरुङ विरुद्धको उजुरी जिल्ला प्रशासन कार्यालय मुस्ताङमा दर्ता भईसकेको छ ।एमाले मुस्ताङले आसन्न स्थानीय तह निर्वाचनमा लोमान्थाङ गाउँपालिकामा कांग्रेसकातर्फबाट उम्मेदवारी दर्ता गराएका लोमान्थाङ—१ निवासी गुरुङ नेपाल सरकारको एक चिन नीतिप्रति प्रतिवद्ध नभएको र उनले चिन विरोध गतिविरोधी गरेको एमालेको उजरी पत्रमा उल्लेख गरिएको छ । एमालेले पेश गरेको उजुरी पत्रमा आरोपित उम्मेदवार गुरुङको मतदाता नम्बर समेत खुलाई छ ।
एमाले मुस्ताङले कांग्रेसका अध्यक्ष पदका उम्मेदवार गुरुङ केही महिना अघि तिब्बती शरणार्थीको निर्वासित सरकारको आम चुनावमा महिला बिधायकको रुपमा उम्मेदवार बन्नु भएकी श्रीमती ग्यारी ढोमाको चुनाव प्रसार प्रसार गर्ने क्रममा नेपाल स्थित तिब्बतीयन शरणार्थी क्याम्पमा हिडेको आरोप लगाईएको छ । श्रीमती ग्यारी ढोमा अहिले तिब्बती निर्वासित सरकारको गृहमन्त्री पदमा रहेको उजुरी पत्रमा उल्लेख गरिएको छ । यसअघि निर्वासित सरकारको बिधायक चुनावमा उम्मेदवार टसी गुरुङ नेपाल सरकारको स्थायी कर्मचारी थिए । उनले अहिले उम्मेदवार बन्न सेवाबाट राजिनामा दिएका छन् ।उनले यसअघि पदीय मर्यादा उलंघन गरी चिन बिरोधी क्रियाकलाप गरेको उजुरी पत्रमा उल्लेख छ ।
एमाले मुस्ताङको उजुरी पत्रमा कांग्रेसका उम्मेदवार गुरुङको नेपाली नागरिक भएपनि उक्त आचरण नेपाल सरकारको एक चिन नीतिप्रति प्रतिवद्ध हुनुपर्नेमा सो नीतिको विरुद्ध राष्ट्र हित प्रतिकुल गतिविधि गरेको र यसरी एउँटा देशको नागरिकले छिमेकी राष्ट्रको विरुद्ध अवैधानिक कृयाकलापमा संग्लन रही तिब्बतीयन नागरिक सरह कार्य गर्नु दुभाग्यपूर्ण भएको उजुरीमा भनीएको छ । एमाले मुस्ताङले यसप्रकारको नेपालको प्रचलित कानुन बिपरित सार्वभौम र राष्ट्रिय अखण्डता विरुद्ध संग्लन निज ब्यक्तिलाई तत्काल पक्राउ गरी प्रचलित कानुन बमोजिमको कडा कारवाही गरी राष्ट्र हित विपरितको कार्य रोकिपाउँ भनी उजुरी दिएको जनाएको छ ।

एमालेले पेश गरेको उजुरी पत्रसहित लोमान्थाङमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका गुरुङको फेसबुक प्रोफाईलमा तिब्बती निर्वासित गृहमन्त्री ग्यारी ढोमाको तस्विर राखिएको प्रतिसमेत उजुरी पत्रसहित पेश गरिएको एमाले जिल्ला कमिटी अध्यक्ष आशबहादुर थकालीले जानकारी दिए ।उनका अनुसार लोमान्थाङमा कांग्रसका अध्यक्ष पदका उम्मेदवार विरुद्ध एमाले मुस्ताङले मुख्य निर्वाचन कार्यालय जोमसोम र निर्वाचन कार्यालय लोमान्थाङमा बोधार्थ पठाईसकेको उल्लेख गरे ।
यता,जिल्ला प्रशासन कार्यालय मुस्ताङमा लोमान्थाङ गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार टसी गुरुङ विरुद्ध उजुरी दर्ता भएको सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले पुष्टि गरे ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया