पोखरामा फोहोर दिएर मोहोर

पोखरा ।
फोहोरलाई मोहोर बनाउन ग्रिन भ्याली बहुउद्देश्य सहकारी संस्था लिमिटेडले ग्रिन भ्याली रिसाईकल सञ्चालनमा ल्याएको छ । पोखरामा विगत २ वर्षदेखि फोहोर संकलन काम गर्दै आएको यो सहकारीले फोहोरलाई मोहरमा बदल्दै आएको हो ।
फोहोर व्यवस्थापनको दिगो समाधानको लागि स्रोतबाटै फोहोर वर्गीकरण गर्ने उद्देश्यका साथ आत्मसात संस्थाले टोल, समाज स्कुलहरुमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको संस्थाका गोविन्द्र आचार्यले बताए । ‘पूरानो कपि किताबसँगै नयाँ ज्ञान साटौं हाम्रो नारा छ,’ उनले भने । उनले भने यसका लागि फ्रि डेलिभेरिको व्यवस्था छ । फोहोरमैला व्यवस्थापकनका विधि उपायहरुको बारेमा प्रयोगात्मक तथा सचेतनामूलक कार्यक्रम गर्ने उनको भनाइ छ ।
हाल पोखरा १६ अर्मलामा स.कलन केन्द्य्र रहेको छ । भने प्रशोधन केन्द्र्र सञ्चालनको तयारी गरिहेको छ । साथै पोखरा १ बगराबट बचत ऋण सुरुवात भएको छ । ‘पूराना टिन फताम तामा स्टिल आल्मुनियम कपि किताब, कागज, प्लास्टिक, बोतल, सिसा, इवेस्ट, लुगाफाटालाई उचित मूल्यमा लैजान्छौं ।
मासिक १० टन रिसाइकल गरेर घर, स्कुल पसल रिपार्टमेन्टल स्टोरबाट संकल भएको छ । तपाईंले पनि रिसाइकलएबल ओस्ट फोहोर दिनसक्नुहन्छ,’ आचार्यले भने । पोखरा प्लानेटोरिय एण्ड साइन्स सेन्टरको दृष्यवलोकनको लागि जिभिटी इसपेस टिकट उपलब्ध गराइने छ । टिकट मार्फत विद्यार्थीहरुले मिटर हाउस घुम्ने, प्लानेटियूम हेर्ने, साइन्स ल्याब हेर्ने, माइस्टाइर हाउसको अनुभवि सक्ने अवसर भएको उनले सुनाए ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया