शीतलादेवीको पात्रो

समाधान संवाददाता २०७९ वैशाख १५ गते १४:५६

पोखरा l
शीतलादेवी बहुउद्देश्यीय सहकारीले प्रकाशन गरेको क्यालेन्डर विमोचन गरिएको छ । शीतलादेवी माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकाबहादुर कार्कीले क्यालेन्डर सार्वजनिक गरे ।

Advertisement

कार्कीले सहकारी सञ्चालन गर्नु आफैैमा चुनौती रहेको बताउँदै सम्पूर्ण सञ्चालक सदस्य एकजुट भएर सहकारीलाई अगाडि बढाउनु आवश्यक रहेको वताए । पोखरामा रहेका केही सहकारी सफल हुन नसकेको जनाउँदै उनले सहकारीलाई सफलतामा पुर्‍याउनका लागि सबै सेयर सदस्यको योगदान जरुरी हुने औंल्याए ।

सहकारीका अध्यक्ष तीर्थलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोकर्ण कार्की, कोन सहकारीका सचिव शान्ताकुमार श्रेष्ठ, शीतलादेवीका सचिव राजु श्रेष्ठ, लेखा समिति सदस्य कञ्चन कार्की लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया