सत्तारुढ गठबन्धनको घोषणा पत्र सर्वाजनिक कार्यक्रममा कांग्रेस कार्यकताको विरोध

समाधान संवाददाता २०७९ वैशाख १५ गते १५:३७

पोखरा l
सत्तारुढ गठबन्धनको घोषणा पत्र सर्वाजनिक कार्यक्रममा कांग्रेस कार्यकताले अवरोधसहित नाराबाजी गरेका छन् । पोखरा मेयरको गठबन्धन पछि रुष्ट बनेका कार्यकर्ताहरूले बिहिबार दिउँसो २ बजे वडा तहका गठबन्धन गर्न लागेको भनेर विरोध जनाएका हुन् । वडा तहमा आफूखुसी उम्मेदवार उठाउन पाउनुपर्ने उनीहरुको माग छ ।

Advertisement

उनीहरूले गण्डकीका बहाल वाला मन्त्रीलाई घेरेर कालोमोसो दल्ने धम्की दिएका छन् । कांग्रेस आफैँ एक्लै चुनाव लड्न सक्षम छ । ‘गठबन्धन हाम्लाई चाहिँदैन’, ‘रूख बेच्न पाईदैन’, कार्यकताको आक्रोश छ ।

Advertisement

तपाईको प्रतिक्रिया