पाेखरामा कांग्रेस कार्यकर्ताद्धारा पार्टी कार्यालय तोडफोड

समाधान संवाददाता २०७९ वैशाख १५ गते १८:२९

पोखरा ।
नेपाली कांग्रेसका कार्यकर्ताहरुले गण्डकी पार्टी कार्यालय तोडफोड गरेका छन् । स्थानीय चुनावमा सत्ता गठबन्धन गरेका भन्दै पोखरा महानगरपालिका १८ र २४ का कांग्रेसका कार्यकर्ताहरुले प्रदेश पार्टी कार्यालय तोडफोट गरेको नेपाल कांग्रेस गण्डकी प्रदेशका मुख्य सचिव प्रकाश बरालले बताए ।

Advertisement

उनका अनुसार तोडफोडमा उत्रिएका कार्यकर्ताहरुले ठूलो क्षति नपु¥याएपनि कुर्ची र टेवल झाच्ने काम भएको जानकारी दिए । ‘स्थानीय चुनावमा दुवै वडाबाट उम्मेदवरी मनोनयन गरिसकेका वडाका कांग्रेस नेतालाई पार्टीले उम्मेदावरी फिर्ता गरेर सत्ता गठबन्धनका दलसँग मिलेर जानुपर्ने सुझाएपछि तोडफोडमा उत्रिएका हुन्,’ उनले भने ।

बिहीबार नै सत्ता गठबन्धनले पोखरा महानगरपालिकाको मेयर र उपमेयरको घोषण पत्र सार्वजनिक गर्ने कार्यक्रmममा कार्यकर्ता विरोधमा उत्रिएका थिए । उनीहरुले गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापा कालोमोसो दल्ने धम्की दिएका थिए । तोडफोडमा उत्रिएका २३ जना कार्याकर्तालाई प्रहरी नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ ।

Advertisement



तपाईको प्रतिक्रिया