पोखराका उम्मेदवारहरुले प्रस्तुतिकरण मार्फत योजना तथा प्रतिबद्धता सार्वजनिक गर्ने

पोखरा ।
पोखराका युवाहरूको एक संस्थाले स्थानीय निर्वाचनमा प्रमुख पदमा उम्मेदवारी दिएका व्यक्तिहरुका लागी ’मेरो उम्मेदवारी, योजना तथा प्रतिबद्धता’ विषयक प्रस्तुतिकरण कार्यक्रम आयोजना गर्ने भएको छ ।
पोखरा महानगरपालिका २४ कास्कीकोटलाई केन्द्र बनाई विभिन्न समयमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आइरहेको हाम्रो कास्कीकोट युवा संजालले बिहिवार पत्रकार सम्मेलन मार्फत उक्त कार्यक्रमबारे जानकारी गराएको हो ।
आउँदो वैशाख १८ गते आइतबार संचालन हुन लागेको उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर तथा वडा नम्बर २४ का वडा अध्यक्ष पदका उम्मेदवारले आफ्नो चुनावी एजेन्डा सहितको प्रस्तुतिकरण दिनेछन् ।
सबै राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारको समेत उपस्थिति रहने हुँदा कार्यक्रम सम्भवतः नेपालमै एउटा नयाँ प्रयोग हुने र स्थानीय निकायको बागडोर सम्हाल्न तम्सिएका उम्मेदवारमा हुनुपर्ने सञ्चार, व्यवस्थापन, प्राविधिक र नेतृत्व सम्बन्धि दक्षता परिक्षण गर्न कार्यक्रम फलदायी हुने अपेक्षा राखिएको पत्रकार सम्मेलनमा संस्था संयोजक शालिकराम (शितल) गिरीले बताए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया