कास्कीमा ८२ मध्ये नेकपा एमालेबाट ३० पदमा गुरुङ उम्मेदवार

समाधान संवाददाता २०७९ वैशाख १५ गते १९:२६


पोखरा ।
आउँदो वैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा कास्कीको ५ पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष,उपाध्यक्ष र वडाध्यक्षमा ८२ मध्ये नेकपा एमालेले गुरुङ समुदायबाट ३० उम्मेदवार उठाएको छ।

Advertisement


पोखरा महानगरपालिका, रुपा गाँउपालिका, मादी गाउपालिका, माछापुच्छ्रे गाउँपालिका र अन्नपूर्ण गाउँपालिका गरी महानगरपालिका प्रमुख १, उपप्रमुख १, गाउपालिका अध्यक्ष ४ जना, उपाध्यक्ष ४ जना र वडाध्यक्षहरु ७२ जना मध्ये पोखरा महानगरपालिका उपप्रमुख, मादी गाउँपालिका अध्यक्ष उपाध्यक्ष, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष, रुपा गाउपालिका उपाध्यक्ष सहित २५ जनालाई वडाध्यक्षको उम्मेदवार बनाएको हो।


एमालेले पोखरा महानगरपालिकामा मञ्जुदेवी गुरुङलाई पुनः उपप्रमुख९उपमेयर०, मादी गाउपालिका अध्यक्षमा शिवबहादुर गुरुङ९महेन्द्र०, उपाध्यक्षमा कल्पना गुरुङ, माछापुच्छ्रे गाँउपालिकाको अध्यक्षमा विक्रम गुरुङ र रुपा गाउँपालिकाको उपाध्यक्षमा लालसुब्बा गुरुङलाई पुनःउपाध्यक्षको प्रत्यासी बनाएको हो।

Advertisement


यसरी नै पोखरा महानगरपालिकाको ३३ वडाहरुमध्ये ८ वटा वडाहरुमा एमालेले गुरुङ समुदायबाट वडाध्यक्षका लागि उम्मेदवार उठाएको छ। जसमध्ये पोखरा महानगरपालिका वडा नं ९ को वडाध्यक्षमा प्रेम गुरुङ,वडा नं १०मा पवित्रादेवी गुरुङ,वडा नं ११ मा मीनबहादुर गुरुङ, १४ मा डेलबहादुर गुरुङ, १६ मा राजेश गुरुङ, २२ मा प्रकाश गुरुङ, २८ मा बैनबहादुर गुरुङ र वडा नं २९ मा श्रीप्रसाद गुरुङलाई वडा नेतृत्वको जिम्मेवारी दिइएको हो। उनीहरुमध्ये वडा नं।११ का मीनबहादुर गुरुङ र १६ का राजेश गुरुङ यसअघि वडा सदस्य निर्वाचित भई सेवा गरेका थिए ।


सात वटा वडा रहेको रुपा गाउँपालिकाको उपाध्यक्षमा लालसुब्बा गुरुङ पुनःउपाध्यक्षमा र वडा नं। का वडाध्यक्ष नारायण गुरुङ पुनः वडाध्यक्षमै दोहोरिएका हुन् ।

Advertisement


मादी गाउँपालिकामा युवा नेता शिवबहादुर गुरुङ(महेन्द्र)लाई पालिका अध्यक्ष र वडा सदस्य निर्वाचित भई सेवा गरिसकेकी कलाकार कल्पना गुरुङलाई उपाध्यक्ष, वडा नं १ को वडाध्यक्षमा उमरबहादुर गुरुङ सन्तोष, २ वडाध्यक्षमा पुनः एकाजंग गुरुङ, वडा नं ३ को वडाध्यक्षमा ज्यामप्रसाद गुरुङ, ५ को वडाध्यक्षमा सुब्बा गुरुङ,वडा नं ७ को वडाध्यक्षमा रामप्रसाद गुरुङ, वडा नं ८ को वडाध्यक्षमा प्रेम गुरुङ र वडा नं ९ को वडाध्यक्षमा मनोज गुरुङलाई उम्मेदवार बनाइएको छ। १२ वटा वडा रहेको मादीमा अध्यक्ष, उपाध्यक्षसहित ७ वडामा वडाध्यक्षका लागि अवसर दिएको हो।


यस्तै गरी ९ वटा वडा रहेको माछापुच्छ्रेमा भने अध्यक्षमा विक्रम गुरुङसहित ४वटा वडाहरुमा गुरुङ समुदायबाट वडाध्यक्षको उम्मेदवार बनाइएको छङ समुदायबाट वडाध्यक्षको उम्मेदवार बनाइएको छ। वडाध्यक्षको उम्मेदवारहरुमा वडा नं १को वडाध्यक्षमा अनुप गुरुङ, वडा नं २ को वडाध्यक्षमा केशकुमारी गुरुङ, वडा नं ५ को वडाध्यक्षमा यामबहादुर गुरुङ र वडा नं ७ को वडाध्यक्षमा अमर गुरुङलाई नेकपा एमालेले उम्मेदवार बनाएकोछ।


यसैगरी ११ वटा वडा रहेको अन्नपूर्ण गाँउपालिकामा ५ जना गुरुङ नेताहरुले वडाध्यक्षको उम्मेदवारी पाएको छ। वडाध्यक्षको उम्मेदवारहरुमा वडा नं ७ मा भरतमान गुरुङ,वडा नं ८ मा मीनाकुमारी गुरुङ, वडा नं ९ मा वडाध्यक्ष रमेश गुरुङ, १० मा कुमार गुरुङ र वडा नं ११ बाट वडाध्यक्षमा पुनः हिमबहादुर गुरुङ नेकपा एमालेले निर्वाचनमा उम्मेदवार बनाएको हो।

तपाईको प्रतिक्रिया