पोखरा ८ मा एमालेको निर्वाचन परिचालन कमिटी

पोखरा ।
पोखरा महानगरपालिका, वडा नं. ८ मा पुनः रुद्रनाथ बराललाई जिताउन अभियान सुरु भएको छ । सोमनाथ बराल संयोजक तोक्दै नेकपा (एमाले) वडा नं. ८ इकाई कमिटीको एक भेलाले ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
कमिटीको सहसंयोजकमा मुक्तिनाथ चालिसे, किरण गौतम र सपना कुँवर सापकोटा तथा सचिवमा दीपक घिमिरे र उपसचिवमा गिरिधारी अधिकारीलाई चयन गरेको छ । ५ वर्ष सफलतापूर्वक वडा हाँकिसकेका बराललाई पुनः नेतृत्व प्रदान गर्ने वडाबासीको चाहना रहेको संयोजक सोमनाथ बरालले बताए ।
उनका अनुसार शुक्रबारसम्ममा सम्पूर्ण उपकमिटीहरु गठन हुनेछन् । चुनाव हाँक्नका लागि आर्थिक, सांस्कृतिक, महिला परिचालन लगायतका कमिटि गठन गरिनेछ । वैशाख १८ गते, श्रमिक दिवसको दिनबाट उम्मेदवार परिचयात्मक तथा घरदैलो कार्यक्रम सुरु हुने संयोजक बरालले जनाए ।
पाँच वर्ष जनताको मन जित्ने गरी काम गरेका कारण पार्टीले पुनः रुद्रनाथ बराललाई पोखरा ८ को टिकट दिएको उनले बताए । वडा नं. ८ का लागि खुला महिला सदस्य उम्मेदवारमा पवित्रा केसी, दलित महिला सदस्यमा लक्ष्मी विक, खुला सदस्य उम्मेदवारहरुमा गोविन्द बराल र हीराकाजी श्रेष्ठ छन् । उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरुङ पनि पोखरा ८ निवासी नै हुन् ।
एमाले पोखरा ८ अध्यक्ष अर्जुन श्रेष्ठले वडामा उम्मेदवारहरुलाई विजयी बनाउन र मेयर तथा उपमेयरमा वडाबाट बढी भन्दा बढी भोटका लागि वडाबासी सक्रिय रुपमा लाग्ने बताए ।
भेलामा अतिथिहरू गण्डकी प्रदेश कमिटी सदस्यहरू नरेन्द्र मित्रकोटी, धु्रवराज पौडेल र प्रवेशचन्द्र उप्रेती, जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज परशुराम बराल, जिल्ला कमिटी सदस्य एवं वडाका सहइन्चार्जहरु डिलकुमारी पौडेल र रामु गुरूङ, महानगर कमिटि सचिवालय सदस्य, चेतन कार्की लगायतले यसपटक सबै सूर्य ध्वजाबाहक उम्मेदवारहरुको जीत सुनिश्चित रहेको बताए ।
कार्यक्रममा वडा इकाई सचिव दीपक घिमिरेले सञ्चालन तथा उपसचिव गोविन्द बरालले स्वागत गरेका थिए । २०७४ को स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर ८ मा ५ हजार ७ सय २४ जना मतदाता थिए भने अहिलेको चुनावका लागि ६ हजार ७ सय ६४ मतदाता छन् । अघिल्लो निर्वाचनमा भन्दा १ हजारभन्दा धेरै मतदाता बढेका छन् । पोखरा महानगरमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन १३ सय ४४ सदस्यीय महानगर चुनाव परिचालन कमिटी गठन भइसकेको छ ।








बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया