पोखरा १३ लाई देख्ने, सुन्ने, भन्ने र गर्ने वडा बनाउँछु : किरण बराल

एका बिहानै पोखरा महानगरपालिका वडा नं. १३ मा पुग्दा वडाध्यक्षका आकांक्षी किरण बराल घरदैलोमा लागिसकेका थिए । सोमबार साँझपख मनोनयन दर्ता गराएका बरालले नेपाली कांग्रेसबाट वडाध्यक्षको टिकट पाएका छन् ।
पोखराको मेयरमा उनको दलले नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई मेयरमा सघाउँदैछ । निर्वाचन आउन दुई हप्ता बाँकी रहँदा बरालको व्यस्तता पनि उत्तिकै देखिन्थ्यो । पोखरा १३ स्थित बीपी मार्गका विभिन्न टोलमा बराल आफ्ना वडासदस्यका उम्मेदवारसँग घरघर पुग्दै थिए ।
उनले मत माग्ने शैली बेग्लै थियो । घरमा पुग्ने, सबैलाई भेट्ने अनि आशीर्वाद लिने । दुःखसुख सोध्ने, वडाबाट तपाईंलाई के अपेक्षा छ भनेर सोध्थे । मतदाताले सोध्नुपूर्वै उनले वडामा देखिएका समस्या सुनाउँथे । र, त्यही समस्या समाधान गर्न आफू वडाध्यक्ष बन्न लागेको बताउँथे ।
“वडामा तपाइले भोगेका र मैले भोगेका समस्या एउटै हुन, म तिनै समस्या समाधान गर्न हजुरहरुको वडाध्यक्ष बन्न चाहेको छु, मलाई आशिर्वाद दिनुहोस् ।” बरालको वाक्यमा मतदाता भन्थे, “आशीर्वाद छ, तर प्रतिबद्धता पूरा होस नि ।”
कास्कीमा गठबन्धन गर्ने भनेता पनि कांग्रेस कास्कीले मेयरमा समाजवादीलाई सघाउने अन्यत्र चाहिँ मैत्रीवत प्रतिष्पर्धा गर्ने निर्णय गरेको छ । सोही निर्णय अनुसार पोखराका ३३ वटै वडामा कांग्रेस, माओवादी लगायतका दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।
त्यही उम्मेदवारी दिएको भोलिपल्टबाटै बराल घरदैलोमा निस्किएका हुन् ।
घरदैलोकै क्रममा उनले आफ्नो राजनीतिक सक्रियता सुनाए । वडालाई जनताको देख्ने, सुन्ने, भन्ने र गर्ने गराउँछु भनेर अठोटमा निस्किएका बराल १३ वर्षको उमेरदेखि नेविसंघ हुँदै अहिलेसम्म क्रियाशील छन् ।








बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया