एमाले पोखरा ३१ मा एमालेको घरदैलो

पोखरा ।
नेकपा एमाले पोखरा महानगरपलिका वडा नम्बर ३१ बेगनास कमिटीले स्थानीय तहको चुनाव केन्द्रित घरदैलो कार्यक्रम सुरु गरेको छ । वैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले पोखरा ३१ कमिटीले घरदैलो कार्यक्रम सुरु गरेको प्रचार–प्रसार समितिका संयोजक एवं वडा कमिटीका सचिव पुरुषोत्तम अधिकारीले जानकारी दिए ।
संयोजक अधिकारीका अनुसार बुधबार नहरचोक, मोहोरिया, सुकेडाँडा, बगेरपाखा, तिर्काङ (गोरखमार्ग) टोलहरुमा घरदैलो तथा कार्यकर्ता एवं शुभेच्छुक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले कास्की जिल्ला कमिटीका सदस्य एवं ३१ नम्बर वडा कमिटीका इन्चार्ज कमल बहादुर थापाको नेतृत्वमा बुधबारदेखि घरदैलो कार्यक्रम सुरु गरिएको हो ।
घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज थापाले वडा नम्बर ३१ एमालेको उर्भर भूमि भएकाले स्थानीय तहको निर्वाचनमा एमाले निर्वाचित हुने दाबी गरे । गत निर्वाचनमा पनि आफुहरुले सानदार जित हासिल गरेको भन्दै थापाले अबको निर्वाचनमा त कामको मूल्याकंन गरेर पनि जनताले एमाले नै रोज्ने जिकिर समेत गरे । वडामा एमाले नेतृत्वको निर्वाचित कमिटीले धेरै काम सुरु गरेकोले अब नित्य काम सम्पन्न गर्न वडाको नेतृत्व फेरि पनि एमालेले नै गर्नुपर्नेमा उनको जोड थियो ।
घरदैलो कार्यक्रम अन्तरगत बिहीबार चौर, तालबेसी, खोलाबेसी, लप्सीडाँडा, अर्चलथर लगायत टोलमा घरदैलो कार्यक्रम गरिने प्रचार प्रसार समितिका संयोजक अधिकारीले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नम्बर ३१ बाट नेकपा एमालेले अध्यक्षमा चिरञ्जीवी बन्जरा, खुल्ला सदस्यहरूमा देवेन्द्र अधिकारी र विनोदमणि लामिछाने , महिला सदस्यमा धनदेबी तिवारी र दलित महिला सदस्यमा तारा नेपालीलाई चुनावी मैदानमा उतारेको छ ।
नेकपा एमालेको राम्रो प्रभाव क्षेत्र मानिएको पोखरा महानगरपालिका ३१ नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीको गृह वडा हो । गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उक्त वडाका सबै पदमा नेकपा एमाले फराकिलो मतान्तरले विजयी भएको थियो ।








सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
मादी पुल वैशाखभित्रै बन्ने
सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया