पोखरा- ३१ एमालेको चुनावी अभियान

समाधान संवाददाता २०७९ वैशाख १५ गते २०:१७

पोखरा ।

Advertisement

स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर नेकपा एमाले पोखरा महानगरपलिका वडा नम्बर ३१ कमिटीले मतदाता भेटघाट एवं घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । कमिटीले बिहीवार महानगरको सुदुरपुर्वी भाग खोलाबेसी, तालबेसी, चौर, लप्सीडाँडा, अर्चलथर लगायतको टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो । पार्टीका प्रदेश कमिटीका सदस्यहरू चतुरे बि.क. र शंकरनाथ पौडेल लगायतका नेताहरूको नेतृत्वमा एमाले पोखरा ३१ ले बिहीवारको घरदैलो कार्यक्रम सम्पन्न गरेको प्रचार-प्रसार समितिका संयोजक एवं वडा कमिटीका सचीव पुरुषोतम अधिकारीले जानकारी दिए ।

घरदैलो पछि खोलाबेसीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य चतुरे बि.क.ले एमालेको आधारभुमी रहेको खोलाबेसी जस्ता टोल अझै बिकासमा पछाडि परेको भन्दै यस्ता टोलहरुको बिकासका लागि पनि एमालेले जित्नै पर्ने जिकिर गरे । प्रदेश कमिटीका अर्का सदस्य शंकरनाथ पौडेलले स्थानीय तहमा एमालेले जिते मात्रै बिकास र समृद्धिको यात्रा अगाडी बढाउन सकिने भन्दै सुर्य चिन्हमा मतदान गरेर एमालेलाई अत्याधिक मतले बिजयी गराईदिन टोलबासीलाई आग्रह गरे ।

Advertisement

पोखरा ३१ का लागि एमालेबाट अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी बन्जराले अब बिकास बजारका टोलहरु बाट मात्र नभई ग्रामीण टोलहरुबाट सुरु गर्नु पर्नेमा जोड दिदै आफू त्यहीँ एजेन्डा बोकेर निर्वाचनमा होमिएको बताए । अब शिक्षा, स्वास्थ्य, संचार र यातायात जस्ता बिकासका पुर्वधार ग्रामीण टोलहरुमा केन्द्रित गर्न जरुरी रहेको उनको भनाई थियो । प्रचारप्रसार कमिटी संयोजक अधिकारीका अनुसार शुक्रबार पौरखे, माझथर, डाँडाथर, पौवा (आनन्द ज्योति), कोटबारी, मैदान लगायतका टोलहरुमा घरदैलो कार्यक्रम गरिने छ ।

स्थानिय तहको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नम्बर ३१ बाट नेकपा एमालेले अध्यक्षमा चिरञ्जीवी बन्जरा, खुल्ला सदस्यहरूमा देबेन्द्र अधिकारी र बिनोदमणी लामिछाने , महिला सदस्यमा धनदेबी तिवारी र दलित महिला सदस्यमा तारा नेपालीलाई चुनावी मैदानमा उतारेको छ । नेकपा एमालेको राम्रो जनाधार भएको क्षेत्र मानिएको पोखरा महानगरपालिका ३१ नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संगठन बिभाग प्रमुख खगराज अधिकारीको गृह वडा हो । गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उक्त वडाका सबै पदमा नेकपा एमाले फराकिलो मतान्तरले बिजयी भएको थियो ।

तपाईको प्रतिक्रिया