पोविविको अस्पतालका लागि आइइ सम्झौता

समाधान संवाददाता २०७९ वैशाख १६ गते १२:१३

पोखरा l
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । पोखरा विश्वविद्यालयले पोखरा ३० खुदी, ढुंगेपाटनमा १ सय शड्ढयाको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) अध्ययन प्रतिवेदन तयार गर्ने सम्बन्धमा बिहीबार सम्झौता गरेको छ ।

विश्वविद्यालयका रजिस्ट्रार डा. दीपकबहादुर भण्डारी र श्रेष्ठ कन्सल्टेन्ट प्रालि ललितपुरका प्रबन्ध निर्देशक ईन्द्रलाल श्रेष्ठबीच सम्झौता भएको हो । वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन ४ महिनाभित्र पूरा गर्ने सम्झौता छ । पोखरा विश्वविद्यालय अस्पताल निर्माण एउटा वृहत योजना भएको र यसका आवश्यक पूर्वाधार निर्माण गर्न अझै केही वर्ष लाग्ने भएकाले विश्वविद्यालयले हालको छात्रावासलाई परिमार्जन गरी अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । छात्रावासलाई स्थायी अस्पताल भवन नबनेसम्म १ सय शड्ढयाको अस्पतालको रूपमा प्रयोग गर्ने योजना स्वरूप विश्वविद्यालयले बोलपत्रसमेत आव्हान गरिसकेको सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया