सञ्चारिका समूह गण्डकीमा कविता

पोखरा l
सञ्चारिका समूह गण्डकी प्रदेशको छैठौं अधिवेशनले कविता श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा कञ्चन थापा कोइराला, महासचिव अनिशा श्रेष्ठ, सचिव कविता घर्ती मगर र कोषाध्यक्षमा उमा आलेमगर छन् । कार्य समितिको सदस्यमा शोभा नेपाल, जुना थापा, अनिता घिमिरे, दीपा पौडेल, बिनिता सुनार, सोनु राना, सुरक्षा श्रेष्ठ, सुशीला अधिकारी, अनिषा नेपाली र देवी जिसी (म्याग्दी) छन् ।
कार्यक्रममा उच्च अदालत पोखराका न्यायाधीश श्रीधराकुमारी पुडासैनीले पत्रकार महिलालाई पेशागत रुपमा चुनौती रहेको बताइन् । उनले हरेक चुनौतीको सामना गर्दै पेशालाई निरन्तरता दिन सुझाव दिइन् । ‘टेबलवर्क तथा फिल्डमा खटेर आम पाठकलाई सुसूचित गर्नु भएको छ,’ उनले भनिन्, ‘जस्तोसुकै असहजताको सामना गर्दै पेशालाई निरन्तरता दिए राम्रो हुन्छ ।’ उनले पेशागत दक्षता अभिवृद्धि गर्दै राज्यको नेतृत्व तहका पुग्न सुझाव दिइन् ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव सुष्मा पौडेल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, सञ्चारिका समूह गण्डकीका अध्यक्ष स्मिता अधिकारी, पूर्व अध्यक्ष जमुना शर्मा वर्षा, कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवाल, सिद्धार्थ क्लबका अध्यक्ष तीर्थ श्रेष्ठ लगायतले बोलेका थिए ।








पोखरा महोत्सव पुस २९ गतेदेखि हुने
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया