२ दिन सार्वजनिक बिदाको स्वागत

समाधान संवाददाता २०७९ वैशाख १६ गते १४:३९

पोखरा l
पोखराका पर्यटन सम्बद्ध संघ, संस्थाको छाता संगठन पोखरा पर्यटन परिषद्ले नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले जेठ १ गतेबाट लागू हुने गरी हप्तामा २ दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णयको स्वागत गरेको छ ।

Advertisement

परिषद् अध्यक्ष गोपीबहादुर भट्टराइद्वारा जारी विज्ञप्तिमा कोभिड १९ का कारण प्रभावित भएको पर्यटन क्षेत्र केही चलायमान हुँदै आएको अवस्थामा बिदाको निर्णयले आन्तरिक पर्यटकको चहलपहल बढ्ने र आर्थिक गतिविधिमा थप सहयोग अपेक्षा गरिएको छ । विज्ञप्तिमा पर्यटन पुनरुत्थान गर्नका लागि नेपाल सरकारले ल्याएको देश दर्शन कार्यक्रम तथा हप्तामा २ दिन बिदाको औपचारिक निर्णयको पर्खाइमा रहेको परिषद्ले यसलाई निकै सकारात्मक र स्वागतयोग्य निर्णयको रुपमा लिएको जनाउँदै प्रभावकारी कार्यान्वयन गर्न आग्रहसमेत गरेको छ ।

सरकारले जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९.३० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय तोकेको छ । सरकारले विदेशी मुद्रा सञ्चिति घट्दो र शोधानान्तर घाटा बढ्दो स्थिति कारण अर्थतन्त्रमा जोखिममा बढेपछि हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया