जिफन्टमा चुनाव परिचालन कमिटी

पोखरा l
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेद्वारलाई जिताउन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीले निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीको संयोजकत्वमा ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । कमिटी अध्यक्ष खत्रीले प्रदेशका सबै पालिकालाई केन्द्रीत गरी कमिटी गठन भएका पालिकाका अध्यक्षको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरी एमालेका उम्मेद्वारलाई जिताउन लाग्ने बताए । उनले कमिटीको प्रथम बैठकले निर्वाचनमा एमालेलाई जिताउन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएको जानकारी दिए ।
बैठकले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मे) को अवसरमा वैशाख १८ गते गण्डकी प्रदेशमा जिफन्टका कमिटी भएका पालिकामा रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक स्मृति दिवस (२२ अप्रिल)को सन्दर्भमा बिहीबार कामको शिलशिलामा दिवंगत श्रमिकप्रति श्रदाञ्जली अर्पण गरिएको छ । जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य मीना गुरुङले नेकपा (एमाले) ले मात्र श्रमिकको हक हित गर्न सक्ने बताइन् । उनले योगदानमा आधारित सामाजिक सुरक्षा लगायत नीति, कानुन निर्माण गरी कार्यान्वयन गर्ने श्रमिक पक्षीय पार्टी एमालेको भएको उल्लेख गरिन् ।








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया