तमु धिंलाई राधिकाको सहयोग

समाधान संवाददाता २०७९ वैशाख १६ गते १६:१८

पोखरा l
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला सचिव राधिका (टीका) गुरुङले तमु धिं नेपाललाई भवन निर्माणका लागि रकम र मास्क सहयोग गरेकी छन् ।

Advertisement

गैर आवासीय नेपाली संघ हङकङकी निवर्तमान अध्यक्ष गुरुङले भौतिक निर्माणका लागि १ लाख रुपैयाँ र गैर आवासीय नेपाली संघ हङकङको तर्फबाट ९ हजार मास्क तमु धिं नेपाललाई प्रदान गरेकी हुन् । राधिकाले तमुहरुको अग्रणी पुरानो सामाजिक संस्था तमु धिं नेपालमा भवन निर्माण, संग्राहलय लगायतका निर्माण कार्य जारी रहेको अवस्थामा आफ्नो तर्फबाट सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरिन् । तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले सहयोगप्रति आभार व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया