कांग्रेस पोखरा १३ का बागी उम्मेदवार बराल भन्छन्, ‘पार्टीले जे गरे गरोस्, मतलब छैन’
समाधान संवाददाता
२०७९ वैशाख १७ गते १२:३०

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १३का नेपाली कांग्रेसका बागी उम्मेदवार विष्णु प्रसाद बरालले पार्टीले आफूलाई अवहेलना गरेको भन्दै उम्मेदवारी दिएको बताएका छन् ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं १ (ख) का उपसभापति समेत रहेका बरालले पार्टीले योगदानलाई अवमूल्यन गर्दै गरेको एकलौटी निर्णय आफूलाई अमान्य रहेको बताए । उनले भने‘मलाई एकपटक सोधपुछ पनि गरिएन । पार्टीले जे गरे गरोस् । कारवाहीको मतलब छैन ।’
उम्मेदवार बरालले आफू डेढ सय मतले जित्ने दाबी गरेका छन् । भन्छन्‘म जित्ने गरि लागेको छु । डेढ सय मतले जित्छु ।’
यसअघिको निर्वाचनमा पोखरा १३बाट नेकपा एमालेका दर्शन लामाले झण्डै एक हजार मतान्तरले जित हासिल गरेका थिए ।
सम्बन्धित








बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया