पोखराको मेयरमा कांग्रेसका वागी उम्मेदवारलाई लाल्टिन चिन्ह
समाधान संवाददाता
२०७९ वैशाख १७ गते १३:४१

पोखरा ।
पोखरा महागर पालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले लाल्टिन चुनाव चिन्ह पाएका छन् । निर्वाचन तालिका अनुसार शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो । त्यस क्रममा कार्कीले लाल्टिन चिन्ह पाएका हुन् ।
पोखराको मेयरमा कांग्रेसले उम्मेदवारी दिन नपाएको भन्दै कार्कीले वागी उम्मेदवारी दर्ता गराएका हुन् । अरु दुई वागी उम्मेदवार ऋषि सापकोटा र नन्द तिवारीले भने मनोनयन शुक्रबारै फिर्ता लिएका थिए । कांग्रेससहितको सत्ता गठबन्धनका दलबाट एकीकृत समाजवादीका धनराज आचार्य पोखराको मेयरका उम्मेदवार छन् । एमालेबाट कृष्ण थापा मेयर उम्मेदवार छन् ।
सम्बन्धित







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया