पोखरा २१का तरुण दलका उपाध्यक्ष गिरीसहित युवाहरु एमाले प्रवेश

पोखरा ।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । तरुण दल पोखरा २१का उपाध्यक्ष राजु गिरीसहित युवाहरु एमाले प्रवेश गरेका हुन् ।
युवा व्यवसायी गिरीसहित युवाहरु नेकपा एमालेको कार्य देखेर प्रभावित भई नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा पोखरा(२१का इन्चार्ज अर्जुन गिरीले बताए ।
उनिहरुलाई नेकपा एमालेका तर्फबाट पोखरा महानगरपालिकाको मेयर, उपमेयरसहित स्थानीय तहका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम तथा प्रतिवद्धता पत्र सार्वजनिक समारोहमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ,ईश्वर पोख्रेल र उप महासचिव पृथ्वीसुब्बा गुरुङले अबिर र माला लगाउँदै पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गर्नेमा उपाध्यक्ष गिरी, सविन गिरी, विष्णु सापकोटा, दिपक सापकोटा, केशव गिरी, उमेश खड्का र शिव गिरी रहेका छन् ।एमाले पार्टी प्रवेश गर्दै राजु गिरीले पोखरा(२१मा एमाले अझ बलियो भएर अघि बढेको दाबी गरे । गिरीका अनुसार यसपटकको चुनावमा विगतको भन्दा धेरै मतान्तरले एमालेको उम्मेदवारले विजय हाँसिल गर्नेछन् ।
पोखरा २१ मात्र नभएर कास्की र गण्डकी प्रदेशमा नेकपा एमालेले जनताको मन जित्ने काम गरेको धारणा ब्यक्त गरे । गिरी पोखरा(२१ का युवा व्यवसायी मात्रै होइनन् त्यस क्षेत्रका प्रभावशाली व्यक्ति हुन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया