कृषि र पर्यटनको विकास मेरो पहिलो प्राथमिकता ःएमाले उम्मेदवार थकाली

जोमसोम १६ बैशाख
नेकपा एमालेका तर्फबाट मुस्ताङको घरपझोङ गाउपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका संञ्जयकुमार थकाली २०५४ सालमा पूर्व जिविस सदस्य थिए ।उनी घरपझोङ १ चिमाङका बासिन्दा हुन् । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एमालेले उनलाई अध्यक्ष पदमा उभ्याएको हो । गाउँको कृषि पेशामा सक्रिय रहेका उनी पछिल्लो समय काठमान्डौंमा होटल ब्यवसाय संञ्चालन गर्देैआईरहेका थिए ।
पेशाले पर्यटन व्यवसाय भएको र त्यसअघि उनी कृषि जिवनमै व्ययतित गरेकाले उनलाई सबैभन्दा प्राथमिकताको बिषय बनेको छ कृषि र पर्यटन क्षेत्रको विकासमा योगदान दिने रहर । कृषि ,पशुपालन र पर्यटनको प्रचूर संम्भावना भएको हिमालपारिको जिल्ला मुस्ताङमा आफुले अध्यक्ष पदमा बिजयी बनेमा घरपझोङ गाउपालिकालाई नमूना गाउपालिकाको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले मुस्ताङमा बर्सेनि ६० हजार विदेशी पर्यटक र ५ लाख बढी आन्तरिक पर्यटक आउने भएपनि पर्यटकीय पूर्वाधारको अभावले यहाको पर्यटनमा आर्थिक प्रगती हुन नसकेको बताए ।
निर्वाचनमा बिजयी भएमा पहिलो वर्षमा आशा लाग्दो उदाहरणीय कार्य गरेर देखाउने अध्यक्ष पदका उम्मेदवार थकालीको भनाई छ ।‘लाखौ पर्यटक मुस्ताङ आउछन् ,जान्छन् ,उनीहरुले भुलाउने पर्यटकीय गन्तब्य छैन,उनले भने,‘अब हामी आयौं भने पर्यटक भुलाउन मार्ग खोज्छौं ,विज्ञहरुको राय सल्लाह लिएर काम अघि बढाउछौं ।’उनले मुस्ताङको अर्थतन्त्र कृषि र पर्यटन भएकाले कृषि र पशुपालनलाई बैज्ञानिक तथा उत्पादनशील बनाई आर्थिक स्वरोजगार सृजना गर्ने बताए । पछिल्लो समय जलवायु परिवर्तनका कारण वातावरणीयक्षेत्रमा नकारात्मक प्रभाव परेको र यसबाट यहाको रैथाने स्याउ खेती र पशुपालन संकटमा परेकाले त्यसको अनुकुलनका लागि ठोस योजना बनाएर यहाको कृषि र पशुपालन व्यवसायलाई सरक्षण गर्न जोड दिने उनको भनाई छ । मुस्ताङमा कृषि र पर्यटनको अथाह संम्भावना भएकाले कृषि र पशुपालनमा विशेष अनुदानका कार्यक्रम तर्जुमा गर्ने उनले उल्लेख गरे ।
एमाले उम्मेदवार थकालीले गाउँपालिकाको आर्थिक अनुसार र पालिकाको आर्थिक विकासका कामलाई पारदर्शी ढंगले सञ्चालन गर्ने बताए । कतिपय क्षेत्रमा अनुउत्पादकक्षेत्रमा पालिकाको बजेट खेर गईरहेको उल्लेख गर्दै थकाली अब त्यस्ता कार्य रोक्न र आउटपुट देखिन विकासमा बजेट लगानी गर्नुपर्ने उनले सुनाए ।पालिका भित्र स्वास्थ्यक्षेत्रलाई फराकिलो र सेवामैत्री तुल्याउने र शिक्षा,प्राकृतिक सम्पदाहरुको संरक्षण र त्यसको सदुपयोग गर्नेतर्फ ध्यान जाने थकालीको भनाई छ ।गएको ५ वर्ष संघ,प्रदेश र स्थानीय निकायबाट सडक पूर्वाधार विकासमै बढी जोड दिईएको उल्लेख गर्दै अब सडक पूर्वाधार विकास छोडेर आर्थिक विकासको स्रोत जुट्ने काम बढी प्राथमिकता दिने बताए ।
एमालेका अध्यक्ष पदका उम्मेदवार थकालीले जनताको घरदैलोमा पुगेर गरिएको प्रतिवद्धतालाई आत्मसाथ गरी कार्यान्वयनमा जोड दिने जनाए ।उम्मेदवार थकालीले पेशा व्यवसाय आर्थिक सुधारका लागि गरिने र राजनिति केवल विशुद्ध सामाजिक सेवाको भाव जागृत हुनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया