जसले कांग्रेससँगको ३० वर्षको सम्बन्ध टुंग्याएर एमाले रोजे

पोखरा ।
कास्कीको मादी गाउँपालिकाका एक जना कांग्रेस क्रियाशील स्थानीय नेता नेकपा एमाले प्रवेश गरेका छन् । मादी ९ गहते निवासी दुतबहादुर गुरुङ कांग्रेससँगको ३० वर्ष पुरानो आबद्धता टुंग्याएर शनिबार एमाले प्रवेश गरेका हुन् ।
उनी २०४८ सालमा तत्कालीन मिजुरेडाँडा गाविस ८ को वडाध्यक्ष बनेका थिए । एमाले प्रवेश गरेपछि बोल्दै गुरुङले एमाले विकासप्रेमी पार्टी भएकाले आफ्नो रोजाइँमा परेको बताए । ‘कांग्रेससँग २०४८ सालदेखि जोडिएर राजनीति गरेँ,’ उनले भने, ‘नेपालमा विकास गर्छ भने एमालेले मात्रै गर्छ भन्ने बुझेँ । त्यही भएर मैले एमाले रोजेँ । आजदेखि एमाले भएको छु ।’
नेपाली कांग्रेस छोडेर स्थानीय गमबहादुर शाही, सुकुमाया गुरुङ र माओवादी केन्द्र छोडेर हरि भुजेल पनि शनिबार एमाले प्रवेश गरेका छन् । उनीहरुलाई मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ -महेन्द्र-, उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङ, गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ -श्याम-, उपाध्यक्ष विष्णुमाया आचार्य पौडेललगायतले एमालेमा स्वागत गरेका थिए ।
तपाईको प्रतिक्रिया